Agni Offset Press

गोदावरीको काठे पुलमा शनिबार घोडा सफारी

Aarati simant

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका रहेको काठे पुलमा घोडा सफारी संचालन गरिएको छ । गोदावरी नगरपालीका वडा नम्बर ३ का युवा शुशिल ताम्राकारले पुलमा घोडा सफारी संचालन गरेका हुन् ।
उनले हरेक शनीबार पुलमा घोडामा सफारी गर्न गरको बताए । सफारीकालागी उनले दुइओटा घोडाको व्यवस्था गरेका छन् । दुइ हप्ता अघिदेखि गोदावरी पुलमा घोडा सफारी संचालन गरेको उनल जानकारी दिए । ‘अरु दिन काममा ब्यस्त हुँदा सञ्चालन गर्न सकेको छैन् । शनिबार घोडा लिएर गोदावरी आउने गरेको छु’, उनले भने । घोडा चढेको प्रतिव्यत्ति पचास रुपैँया लिने गरेको उनले जानकारी दिए ।
शनिबारको दिन ६० जना भन्दा बढी व्यत्ति गोदावरी पुलमा घोडा सफारी गरिरहेको उनले सुनाए । गोदावरीको काठे पुलमा पछील्लो समय आन्तरीक तथा बाह््य पर्यटकको भिडभाड हुने गरेको देखेपछी यहाँको पर्यटनलाई थप प्रा्रेत्साहन गर्न तथा केहि आम्दानी पनी गर्न पुलमा घोडा सफारी संचालन गरेको उनले बताए ।
व्यवशायीक रुपमा ६ ओटा घोडा पालन गर्दे आएको बताँउदै ताम्राकारले भने । ‘यसैबाट आफुपनी स्वरोजगार बनेको छु र अन्य ६ जनालाई काम पनि दिएको छु ।’ शनिबारको दिनमा तिन हजार भन्दा बढी आम्दानी हुने गरेको उनले बताए । प्रति घोडा डेढ लाख मुल्यमा किनेर ल्याएका ताम्राकारले आफुहरुसंग बिहेको लागी रथको सुविधा पनि रहेको बताए ।
गोदावरीको काठे पुल पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि आकर्षणको केन्द्र बनेको छ । पुलमा गएर सेल्फी खिच्ने देखि टिकटक बनाउने त्यहाँ पुग्ने गरेका छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.