दार्चुलामा ट्याक्टर खस्दा च्यापिएर एक जनाको मृत्यु
दार्चुला : दार्चुलामा सडक निर्माणमा रहेको ट्याक्टर खस्दा एक जनाको मृत्यु भएको छ । दार्चुला–तिङ्कर निर्माणाधिन सडकखण्डमा निर्माण कार्यमा संलग्न से २ त १७९९ नम्बरको ट्याक्टर सडकबाट १५ मिटर तल खसेको प्रहरीले जनाएको छ । ट्याक्टर खस्दा ट्याक्टर रहेका २३ वर्षीय वीरेन्द्र खड्काको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
ट्याक्टर चालक बझाङको सुर्मा गाउँपालिकाका २८ वर्षीय मान बोहरा फरार रहेका र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए । मंगलबार साढे १० बजेको समयमा व्यास गाउँपालिकाको वडा नम्बर ४ स्थित सडकखण्डमा ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।