
धनगढीमा आजदेखि नेपाली साहित्य महोत्सव

धनगढी : धनगढीमा आज देखि नेपाली साहित्य महोत्सव २०७८ हुँदै छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा आज देखि फाल्गुन २१ गतेसम्म साहित्य महोत्सव सञ्चालन हुने भएको हो । महोत्सवको उद्घाटन प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गर्ने भएका छन् ।
यस अघि २०७६ सालमा प्रथम विश्व नेपाली साहित्य महोत्सव सम्पन्न भएको थियो । त्यस यता कोरोनाका कारणले दुई वर्ष महोत्सव हुन सकेको थिएन् ।
काली–कर्णाली क्षेत्रको गौरव गाथालाई आत्मसात् गर्दै भाषा, साहित्य, कला र संस्कृतिको विकासका लागि प्रत्येक बर्ष साहित्य महोत्सव राखेर प्रवर्द्धन उदेश्यका साथ यो बर्ष पनि साहित्य महोत्सव राखिएको सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले बताए।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशको कला, संस्कृति, प्रकृति, पर्यटन, इतिहास, सम्पदा, दर्शन, उद्योग व्यापार र समग्र सामाजिक विकासमा टेवा पुग्ने उनले बताए ।
यस वर्ष कोरोनाका कारणले देश भन्दा बाहिरका साहित्यकारहरू ल्याउन नसकेको र देशभित्रका कवि, लेखक, साहित्यकार, पत्रकार, कलाकार र बुद्धिजीवीलाई कार्यक्रममा आमन्त्रण गरिएको अध्यक्ष जोशीले बताए । प्रथम विश्व नेपाली साहित्य महोत्सव एक हप्ता सञ्चालन भए यस वर्ष भने कोभिडलाई मध्यनजर गर्दै तीन दिन सम्म मात्रै सञ्चालन हुने आयोजकले जनाएको छ
