Agni Offset Press

कैलाली काँग्रेसको दोस्रो चरणको मतदान आज, बम र भट्टबीच प्रतिस्पर्धा

Aarati simant

धनगढी : नेपाली कांग्रेस कैलालीको सभापति चयनका लागि आज दोस्रो चरणको मतदान हुने भएको छ। पहिलो चरणमा भएको निर्वाचनबाट कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणमा मतदान हुन लागेको हो।

निर्वाचन समितिले कैलाली उद्योग वाणिज्य संघमा मतदानस्थल तोकेर तयारी पूरा भएको र बिहान साढे ८ बजेबाट मतदान सुरु हुने बताएको छ। पहिलो चरणमा आइतबार भएको निर्वाचनमा प्रकाश बम, नारायणदत्त भट्ट र रामबहादुर कलेल प्रतिस्पर्धामा उत्रिएका थिए। सोमबार सकिएको मतगणना अनुसार बमले एक हजार १६९, भट्टले एक हजार ७२ र कलेलले १९७ मत प्राप्त गरेका थिए। तर, कसैको पनि ५० प्रतिशतभन्दा बढी मत नआएकाले दोस्रो चरणमा बम र भट्टबीच प्रतिस्पर्धा हुनेछ।

डा शेखर कोइरालानिकट उम्मेदवार कलेलले भने दोस्रो चरणमा बमलाई समर्थन गर्ने भएका छन्। कलेलले बुधबार पत्रकार सम्मेलनमार्फत आफूले बमलाई सभापतिमा समर्थन गर्ने घोषणा समेत गरेका छन्।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.