Agni Offset Press

धनगढी उपमहानगरको मेयरका लागि स्वतन्त्रबाट हमालको उम्मेदवारी घोषणा

Aarati simant

अत्तरिया : धनगढी उपमहानगरपालिकाका मेयरका लागि सुन्दर सुदूरपश्चिमका अभियान्ता गोपाल हमालले उम्मेदवारी घोषणा गरेका छन् ।

बिहीवार धनगढीमा सयौँ धनगढीवासीहरुको सहभागितामा हमालले स्वतन्त्रबाट मेयरका लागि उम्मेदवारी घोषणा गरेका हुन् । यसअघि विवेकशील साझा पार्टीका प्रदेश संयोजक रहेका उनी सो पार्टी परित्याग गर्दै मेयरका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘गत निर्वाचनमा दोस्रो स्थान हासिल गरेपनि मैले आफूलाई विजेताकै रुपमा लिएको थिएँ । हारपछि मैले ४ वर्ष धनगढीको विकासको लागि योजना बनाउनमै बिताए । म प्रण गर्छु, मेयरले लिने सेवा सुविधाको म एक पैसा पनि लिने छैन । गाडी सुविधा पनि लिने छैन । यसको मतलब म भ्रष्टाचार गर्दिन । गर्न पनि दिँदैन । धनगढीले मलाई यहाँसम्म पुर्‍याएको छ । त्यसैले धनगढीलाई मोडेल बनाउने मेरो एउटै लक्ष्य हो । मेरो जीत सबैको जीत हुनेछ ।’

 

हमालले आफूले अन्तिम पटकको लागि उम्मेदवारी दिन लागेको बताएका छन् । उनले अगाडि थपे,‘मेरो उम्मेदवारी अन्तिम पटक हो । एक पटक मलाई परीक्षा दिने मौका दिनोस् । मेरो एउटै लक्ष्य धनगढी बनाउने हो । धनगढीको मुहार हेरेर मात्रै भोट दिन आह्वान गर्दछु । धनगढीवासीलाई गर्व गर्न लायक धनगढी बनाएर देखाउँछु ।’

म प्रण गर्छु, मेयरले लिने सेवा सुविधाको म एक पैसा पनि लिने छैन । गाडी सुविधा पनि लिने छैन ।

अघिल्लो निर्वाचनमा पनि मेयरको लागि स्वतन्त्रबाट उम्मेदवारी दिएका हमाल हालका मेयर नृप वडसँग पराजित भएका थिए । नेपाली काँग्रेसबाट मेयरमा निर्वाचित वडले १४ हजार ३२४ मत प्राप्त गरेका थिए भने, निकटतम प्रतिद्वन्द्वी रहेका हमालले ११ हजार ५२७ मत प्राप्त गरेका थिए ।

गत निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका उम्मेदवार क्रमशः तेस्रो र चौथो स्थानमा सीमित रहे । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य समेत भइसकेका हमाल धनगढीका व्यवसायी तथा समाजसेवीको रुपमा पनि आफ्नो क्षवि बनाइसकेका छन् ।

यसैबीच ४ वडाध्यक्षका आकांक्षी उम्मेदवारहरूले पनि स्वतन्त्र रुपमा आ–आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । वडा नं। ४ को लागि सिद्धराज पनेरु, वडा नं। ५ को लागि पदमराज भटट् ‘प्रभात’, वडा नं। १४ को लागि यम लामिछाने मगर र वडा नं। १५ को लागि कमल बहादुर ढाँटले वडाध्यक्षको लागि उम्मेदवारी घोषणा गरेका हुन् । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेपछि सुदूरपश्चिम प्रदेशको एक मात्रै धनगढी उपमहानगरपालिकामा निर्वाचन केन्द्रित गतिविधि तीव्र बनेका छन् ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.