व्याख्यात्मक घोषणा जनतामाथि छरिएको भ्रम : महासचिव पोखरेल

धनगढी : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमसिसीको व्याख्यात्मक घोषणा जनतामाथि छरिएको भ्रम भएको बताएका छन्।

प्रेस चौतारी कैलालीले बिहीवार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले कानुन र संविधानले मान्यतासमेत नदिएको विषयले जनतामाथि भ्रम मात्रै छरिएको दाबी गरे। उनले कुनै पनि विषयमा संशोधन नहुने गरी हुबहु पारित गरेको भन्दै व्याख्यात्मक घोषणाको कुनै अर्थ नरहेको जिकिर गरे।

‘व्याख्यात्मक घोषणा सरकारको लाज जोगाउने प्रयास मात्रै हो। जे छ त्यही कुरा स्पष्ट पारिएको हो संशोधन गरिएको होइन। कार्यकर्ताहरूलाई भ्रम सिर्जना गरिएको छ‚’ महासचिव पोखरेलले भने, ‘हाम्रो संविधान र कानुनले व्याख्यालाई कानुनी हैसियत प्रदान गर्दैन।’

महासचिव पोखरेलले सभामुख अग्नि सापकोटा राजनीतिक पूर्वाग्रही बनेको आरोप लगाए। ‘सरकारको बिजनेस सभामुखले रोक्न मिल्दैन भन्ने हाम्रो अडान थियो त्यो पूरा भएको छ‚’ उनले भने, ‘टेबल गर्नु परे आत्महत्या गर्छु भन्नुभएको थियो। अहिले राजनैतिक पूर्वाग्रही भएको पुष्टि भएको छ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.