कैलाली काँग्रेस अधिवेशन : दोस्रो चरणमा भट्टलाई अग्रता

धनगढी : नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशनअन्तर्गत दोस्रो चरणको मतदान सकिएर मतगणना जारी छ। पहिलो चरणमा जिल्ला सभापतिमा प्रकाशबहादुर बमले सबैभन्दा बढी मत ल्याएका थिए भने दोस्रो चरणमा नारायणदत्त भट्टले अग्रता लिएका छन्।

५ ठाउँमा गणना भइरहेको पाँच वटै ठाउँमा भट्टले अग्रता लिएका छन्। यद्यपी निर्वाचन समितिले सुरुवाती मतपरिणाम पनि सार्वजनिक गरेको छैन। पहिलो चरणमा भएको निर्वाचनबाट कुनै उम्मेदवारले पनि ५१ प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणमा मतदान भएको थियो। सबै निर्वाचन क्षेत्रमा ७ सय मत गणना गर्दा भट्टको ४ सय र बमको ३ सय मत आएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.