कैलाली काँग्रेसको सभापतिमा भट्ट विजयी

अत्तरिया : नेपाली काँग्रेस कैलालीको जिल्ला सभापतिमा नारायणदत्त भट्ट विजयी भएका छन्। पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका प्रकाशबहादुर बमलाई पराजित गर्दै भट्ट जिल्ला सभापतिमा विजयी भएका हुन्।

भट्ट एक हजार ३५९ मत ल्याउदै विजयी भएका हुन् भने बमले एक हजार ९६ मत पाए। पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि विहिबिार दोस्रो चरणको मतदान भएको थियो। विहिबार भएको मतदानमा २ हजार ४६७ मत खसेको थियो। कैलाली काँग्रेसमा भएको फूटले गर्दा आगामि निर्वाचनमा असर पर्ने आंकलन गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.