Agni Offset Press

गोदावरीमा फागुन २८ गते हात्तीपाइले बिरुद्धको आम औषधी खुवाइदैँ

Aarati simant

अत्तरिया : गोदावरी नगरपालिकामा यही फागुन २८ गते देखि हात्तीपाइले बिरुद्धको आम औषधी खुवाइने भएको छ । सुदूरपश्चिम प्रदेशका ८ वटा जिल्लाहरूमा हात्तीपाइले रोग निवारण भए पनि कैलाली जिल्ला अहिलेसम्म पनि निवारण हुन नसकेको अवस्थामा गोदावरी नगरपालिका सहित जिल्ला भरि यही फागुन २८ गते देखी हात्तीपाइले बिरुद्धको आम औषधी खुवाइने भएको हो ।
सो अभियानलाई सफल पार्न गोदावरी नगरपालिकाको स्वास्थ्य शाखाले तयारी तिब्र पारेको छ । यो औषधीका बारेमा बिभिन्न टिप्पोणीहरु हुदाँ सेवन गर्न नमान्ने अबस्थालाई मध्यनजर गर्दै स्वास्थ्य शाखाले अहिले बिभिन्न संघसंस्थाका प्रमुख वा प्रतिनिधि, स्वास्थ्यकर्मी र सरोकारवालाहरुसंग अन्तरकृया एवम् अभिमुखिकरण कार्यक्रम गरिरहेको छ ।

हात्तीपाइले बिरुद्धको आम औषधी सेवन अभियानलाई सफल बनाउनका लागि तयारी तिव्र रुपमा अगाडी बढाएको गोदावरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख नवराज अबस्थीले जानकारी दिए ।

उनले यही बुधवार , विहिवार र आज शुक्रवार ३ दिन सम्म यस अभियान अन्र्तगत स्वास्थ्यकर्मी र सरोकारवालाहरुका लाष् अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको बताए । यस अघि ९ पटक सम्म अभियान संचालन गरेको भएपनि त्यो अभियान बिफल भएपछि अहिले भने दशौँ पटक औषधी खुवाइने लागेको उनको भनाई छ ।

यस्तै यस अभियानलाई सफल पार्न र यस बिषयमा रहेको गलत प्रचारलाई हटाउनका लागि सरोकारवालाहरु सबैको साथ , सहयोगको आवश्यकता पर्ने भएकाले समुदायका सरोकारवालाहरुसंग पनि अन्र्तकृया एवम छलफल गरिएको उनले बताए । गोदावरी नगरपालिकामा अहिले १ सय १८ जना स्वास्थ्यकर्मीहरु रहेका छन् ।

पहिलो दिन २८ गते वडा तहरुमा छलफल गरेर सबैको पाइने पर्ने ठाउँलाई केन्द्र तोकेर सोही केन्द्रवाट औषधी खुवाइने र पछि छुटेकाहरुलाई घरदैलोमै गएर पनि औषधी खुवाइने तयारी रहेको प्रमुख अबस्थीले बताए । गोदावरी नगरपालिका भित्र अहिले हात्तीपाइलेका बिरामीहरुको अबस्था कस्तो छ भन्ने प्रश्नमा उनले यसका बारेमा अब यस औषधी सेवन अभियानका क्रममा थाहा हुने बताए ।

उनले गोदावरी नगरपालिकामा रहेको कुल जनसंख्याको ८० प्रतिशतलाई औषधी खुवाउने लक्ष्य रहेको बताए । यो औषधी दुई वर्ष नपुगेका बालबालिका, गर्भवती, सात दिन सम्मका सुत्केरी र सिकिस्त बिरामीले औषधी सेवन गर्न नहुने उनले बताए ।

खाली पेटमा सेवन गरेमा कसै कसैलाई वाक वाकी लाग्ने, बान्ता हुने, रिँगटा लाग्ने हुन सक्छ । खाना खाएर वा नास्ता खाएर औषधीको सेवन गर्न पर्ने बताइएको छ । यो पटक दशौैं चरणको अभियान सञ्चालन गरिएकोले सबैलाई औषधी सेवन गरी सहयोग गरिदिन उनले अनुरोध गरेका छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.