Agni Offset Press

खप्तड गोल्डकप प्रतियोगिता : मुख्यमन्त्रीलाई खुशी पार्न २१ किलोको माला

Aarati simant

अत्तरिया : कैलालीको धनगढीमा सर्वाधिक रााशि दाबी गरिएको फूटबल प्रतियोगिता भईरहेको छ । यस प्रतियोगिताको नाम विगतमा खप्तड गोल्डकप राखिने गरेको थियो । यस पटक मुख्यमन्त्री खप्तड गोल्डकप प्रतियोगिता राखिएको छ । मुख्यमन्त्री त्रिलोचन भट्ट लगायत प्रदेशका मन्त्रीहरुलाई ११ देखि २१ किलो माला पहि¥यार खुशी पारिएको छ । यसको सामाजिक सञ्जालमा विरोध भईरहेको छ । सरकार पैसा तान्नका लागि यस प्रकारको कार्य भएको धेरैको भनाई छ ।
प्रतियोगिताका नाम मुख्यमन्त्री खप्तड गोल्डकप राख्ने सर्तमा प्रदेश सरकारले ५० लाख रुपैयाँ दिएको जनाएको छ ।
‘प्रतियोगिता सञ्चालन हुन राम्रो कार्य हो’, धनगढी उपमहानगरपालिका–३ का महादेव धामीले भने । ‘तर, सरकारको बजेटमै प्रतियोगिता गर्दा पनि महँगो फूलहरु प्रयोग गरि माला पहि¥यार प्रदेशका मन्त्रीहरुलाई खुशी पार्ने कार्य ठीक होईन् ।’ उनले सरकारकामा बसेका मन्त्रीहरुलाई खुशी किन यति धेरै खर्च गरेको भन्दै उनले प्रश्न गरे ।
मालामा प्रयोग गरिएका फूलहरु सबै भारतबाट आयत गरिएका हुन् । भारतमा महँगोमा फूल ल्याएर प्रदेशका मुख्यमन्त्रीहरुलाई २१ किलो माला लगाउनुकै कुनै अर्थ नरहेको स्थानीयहरुको भनाई रहेको छ ।
‘फूलको माला लगाउन आफैममा राम्रो कार्य हो’, धनगढी कै अर्को स्थानीय तेजबहादुर शाहले भने । ‘भारतबाट भित्र्याएर माला पहि¥याउनु ठीक भएन ।’ २१ किलोका माला नलगाउँदा पनि प्रतियोगिता गर्न सकिन्ने भन्दै उनले आक्रोस व्यक्त गरे । ‘कुनै व्यक्तिले आर्थिक सहयोग गरेको भए पनि भव्य रुपमा फूल मालाले स्वागत गर्न ठीकै हो । तर, नागरिकहरुले तिरेको करबाट नै प्रदेश सरकारले पैसा दिँदा महँगो माला पहि¥याउनु उचित होईन् ।’
बिहिबार धनगढीमा सुरु भएको प्रतियोगितामा मुख्यमन्त्रीलाई मात्र फूलको माला होईन् सहभागि मन्त्रीहरुलाई समेत ११ किलोको माला पहि¥याएको थियो । उद्घाटन सत्रमा सहभागि प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बीनिता चौधरीलाई समेत ११ किलाको माला पहि¥याएको हो ।
आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब धनगढीका अध्यक्ष सुरेश हमाल आर्थिक सहयोग गर्नेहरुलाई स्वागत गर्नका लागि मात्र फूलका माला पहि¥याएको बताए । ‘प्रतियोगिता आयोजना गर्नका लागि ठूलो रकम खर्च गर्नुपर्ने हुन्छ’, उनले भने । ‘कम्तीमा पनि एक करोड ३० लाख रुपैयाँ खर्च हुन्छ । यो बजेट स्थानीय र प्रदेश सरकारले व्यहोरर्नुपर्छ भन्ने हाम्रो माग हो ।’ माला पहि¥याने कुनै स्वार्थ नरहेको उनले दावी गरे । फूलका मालाहरु नेपालको भन्दा भारतमा सस्तो पर्ने भएको हुँदा भारतबाट नै ल्याएको उनले बताए । तर, फूल मालामा कति खर्च भयो ? भन्ने प्रश्नमा भने उनले खुलाउन चाहिनन् । ‘नेपालमा ४ सय देखि साढे ४ सय रुपैयाँ किलो फूल छ भने भारतमा ३ सय रुपैयाँ छ’, हमालले भने । ‘सस्तो भारतमा हुने हुँदा भारतबाट नै फूल ल्याएको हो ।’
प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।
प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा टिकट दर राखिएको छ । जसमा विद्यार्थीका लागि १ सय र अन्यका लागि १ सय ५० राखिएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.