कार्यसम्पादन मूल्यांकनको नतिजामा गोदावरीले ६०.३७ प्रतिशत अंक ल्यायो
अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले कार्यसम्पादन मूल्यांकनमा ६०।३७ प्रतिशत अंक प्राप्त गरेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको कार्यसम्पादन मूल्यांकन सूचक रिपोर्ट अनुसार गोदावरीले कैलालीका अन्य स्थानीय तह भन्दा राम्रै अंक प्राप्त गरेको हो ।
कैलालीमा सबैभन्दा बढी कैलारी गाउँपालिकाले ७६.४९ प्रतिशत अंक प्राप्त गरेको छ । जुन देशभरीमा सबै भन्दा बढी अंक ल्याउने स्थानीय तहहरु मध्ये एक रहेको छ । त्यसपछि धनगढी उप महानगरपालिकाले ६८.८८ प्रतिशत अंक प्राप्त गरेको छ । आयोगले तयार गरेको रिपोर्ट अनुसार ४२ तहले सय अंकभारमा ७० भन्दा बढी अंक प्राप्त गर्दा एउटा पनि महानगरपालिका र उपमहानगरपालिका परेका छैनन् । ४० भन्दा कम अंक ल्याउने २४ स्थानीय तहमा भने एउटा उपमहानगरपालिका पनि परेको छ ।
आयोगको प्रतिवेदनअनुसार दुई सय ४९ स्थानीय तहले ६० भन्दा बढी अंक ल्याएका छन् । कार्यसम्पादन मूल्यांकनमा डडेल्धुराको अजयमेरु गाउँपालिका देशभरकै पहिलो भएको तथ्याङक सार्वजनीक भएको छ । ४२ तहले सय अंकभारमा ७० भन्दा बढी अंक प्राप्त गर्दा अजयमेरु गाउँपालिका पहिलो नम्बरमा रहेको देखाएको छ ।
६० अंक एउटा पनि महानगरपालिका र उपमहानगरपालिकाले कटाउन सकेको छैनन् । ४० भन्दा कम अंक ल्याउने २४ स्थानीय तहमा भने एउटा उपमहानगरपालिका पनि परेको छ । आयोगको प्रतिवेदनअनुसार दुई सय ४९ स्थानीय तहले ६० भन्दा बढी अंक ल्याएका छन् । ७० भन्दा बढी अंक ल्याउने तह ४२ ओटा छन् ।