सुनको मूल्यमा बृद्धि, नाघ्यो तोलाको एक लाख
नेपाली बजारमा सुनको भाउ तोलाको १ लाख रूपैयाँमाथि पुगेको छ। आइतबार एकैदिन तोलामा २ हजार रूपैयाँले बढेर सुनको भाउ १ लाख रूपैयाँमाथि पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख १ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला १ लाख १ हजार ४०० रूपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ।
यस्तै आइतबार चाँदी पनि तोलामा ३५ रूपैयाँले बढेर प्रतितोला १ हजार ४ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ। निरन्तर बढेको सुनको भाउ यो सातामै ५ हजार ३ सय रूपैयाँले बढेको हो।
गत आइतबार ९६ हजार ६०० रूपैयाँमा कारोबार भएको छापावाल सुन यो साता ५३ सय बढेर १ लाख १ हजार ९ सय पुगेको हो। पछिल्लो समय रूस र युक्रेनबीच चर्किएको द्धन्द्धको कारण अन्तराष्ट्रिय बजारमा सुनको भाउ महँगिदै गएको छ। यसै कारण नेपालमा पनि सुन महँगिदै गएको हो।