Agni Offset Press

पल शाहलाई थप १२ दिन हिरासतमा राख्‍न अनुमति

Aarati simant

नाबालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा दमौली प्रहरी कार्यालयको हिरासतमा रहेका पूर्णविक्रम शाह (पल शाह) लाई थप १२ दिन हिरासतमा राख्‍न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ ।
७ दिनको म्याद अपुग भएकाले थप म्याद माग्दा जिल्ला अदालतबाट १२ दिनको समय प्राप्त भएको तनहुँका एसपी राजेन्द्रबाबु रेग्मीले ईकान्तिपुरलाई बताए ।
यसअघि ७ दिनको समय लिएर बयान तथा अनुसन्धान गरिरहेको प्रहरीले अब थप १२ दिनको समय पाएको छ । कलाकार शाह आइतबारदेखि दमौलीको हिरासतमा थुनामा छन् । उनीविरुद्ध नवलपरासीमा पनि जबर्जस्ती करणीको मुद्दा परेको थियो ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.