नेपाली काँग्रेस अछामको सभापतिका लागि दोस्रो चरणमा निर्वाचन हुँदै
अछाम : नेपाली काँग्रेस अछामको सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुँदै छ । पहिलो चरणमा भएको निर्वाचनमा तीन जना उम्मेदवारहरु मध्ये कसैले पनि ५१ प्रतिशत कटाउन नसकेपछि आज फेरि निर्वाचन हुन लागेको हो ।
सभापतिका प्रत्यासीद्वय पुष्प शाह र भरतकुमार स्वाँरबीच सहमतिको प्रयास भएको थियो । तर सहमति हुन नसक्दा आज बिहान ८ बजेबाट निर्वाचन हुने बताइएको छ ।
पहिलो चरणको चुनावमा शाहले ६ सय ९५ र स्वाँरले ५ सय ७३ प्राप्त गरेका थिए । सभापतिका उम्मेदवार राजन कुँवर भने पहिलो चरणबाट बाहिररिएका छन् ।