धनगढीमा एक युवक मृत फेला, हत्या आशंका

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकामा एक युवकको शव फेला परेको छ। वडा नम्बर ५ को जाँई–शिवनगर सडकस्थित केराबारीमा अन्दाजी ३३ वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सोमबार बिहान १० बजे उनको शव नालीमा फेला परेको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। मृतकको सनाखत भएको छैन।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.