गोदावरी नगरपालिका : न्यायीक समितिमा ८८ ओटा मुद्धा
अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा रहेको न्यायीक समितिमा आर्थिक बर्ष ०७८\०७९ को हाल सम्म ८८ ओटा मुद्धा दर्ता भएका छन । दर्ता भएका मुद्धा मध्ये ७३ मुद्धा फछ्र्यौट भएका छन भने १५ मुद्धा प्रक्रियामा रहेका छन ।
न्यायीक समितिमा आउने मुद्धाहरुमा सबै भन्दा बढी जग्गा समन्धि रहेका छन भने ध्वनी प्रदुर्षण समन्धि सबै भन्दा कम मुद्धा परेका छन । चालु आर्थिक बर्षमा जग्गा समन्धि ४१ मुद्धा दर्ता भएका छन भने ३२ मुद्धा फछ्र्यौट भएका छन ९ मुद्धा प्रक्रिया रहेका छन । ध्वनी प्रदुर्षण समन्धि परेका २ मुद्धा फछर्यौट भईसकेका छन ।
न्यायीक समितिमा महिलाहिंसा बाटो विवाद, ज्याला मजदुरी, घरबहाल, गालीगलौज कुछपिट लेनदेन र ढल निकास लगायतका मुद्धाहरुपर्ने गरेको गोदावरी नगरपालिकाकी उप प्रमुख एबम न्यायीक समिति संयोजक रत्ना कडायतले बताईन । ‘टोलमा हुने स–सना झगडाहरु न्यायिक समितिमा आउने गरेका छन्’, उनले भनिन् । ‘यसल गर्दा अदालत सम्म पुग्न नसक्नेहरुका लागि ज्यादै सहज भएको छ ।’
पछिल्लो समय न्यायीक समितिप्रति आम नागरिकको विस्वास बढेपछि मानिसहरु न्यायीक शाखा मार्फत आफ्ना समस्या राख्ने गरेको उनले बताईन । आफुहरु सुरु–सुरुमा हुँदा कानुन अन्योलता र जटिलता हुँदा हुँदै पनि धेरै नागरिकहरु न्याय दिलाएको उनले बताईन् ।
स्थानीय तह (गाउँपालिका\नगरपालिका) का उपाध्यक्ष वा उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन गर्ने नेपालको संविधान २०७२ मा व्यवस्था रहेको छ । स्थानीय तहमा तीन सदस्यीय समिति गठन पनि गरिएका छन् । सुरुमा स्थानीय तहमा मुद्धा आए पनि कानुनी अन्योलताले गर्दा काम गर्नमा समस्या भएको थियो ।
सुरुमा कानुन ज्ञान नहुँदा स्थानीय तहमा गठित न्यायिक समितिहरुले आफुहरुलाई पूर्ण अधिकार नहुँदा न्याय सम्पादन गर्न असहज भएको भएको उपप्रमुख कडायतले बताईन् । न्यायीक समितिलाई आवश्यक कर्मचारी र इजलासको व्यवस्था नहुँदा न्याय सम्पादनमा कठिनाई भएको न्यायिक समितिका संयोजकहरुले गुनासो गरेका थिए । न्यायीक समितिले मुद्दा दर्ता गर्ने फैसला गर्नेसम्मको अधिकार पाएको भएपनि कानूनी सल्लाहकारको अभाव भएको भन्दै कानुनी जटिलता आएको गुनासो चौतर्फि थियो ।
स्थानीयतहका उप–प्रमुखहरु जनताको मतका आधारमा निर्वाचित भएपनि कानूनी अज्ञानता र अनुभवि नहुँदा न्यायिक समिति अलमलमा परेको कानुनका जानकारहरु अझै बताउने गरेका छन् ।
गोदावरीमा आर्थिक बर्ष ०७४\०७५ मा ५१ मुद्धा परेका छन भने आर्थिक बर्ष ०७५\०७६ मा बढेर ६५ मुद्धा न्यायीक समितिमा दर्ता भएका छन । आर्थिक बर्ष ०७६\०७७ मा ५९ मुद्धा दर्ता भएका छन भने आर्थिक बर्ष ०७७\०७८ मा ९३ मुद्धा न्यायीक समितिमा दर्ता भएका छन ।
न्यायीक समिति गठन भए देखि हालसम्म कुल ३५६ मुद्धा न्यायीक समितिमा दर्ता भएका छन भने ३४१ मुद्धा फछ्र्यौट भईसकेका छन १५ मुद्धा प्रक्रियामा रहेका छन । गोदावरी नगरपालीमा सबै हरेक बर्ष जग्गा बिबाद समन्धिका मुद्धा बढी पर्ने गरेको न्यायीक समितीको तथ्यांकले देखाउछ । स्थानीयहरुले न्यायीक समितिले स–सा विवादहरु सल्टाउने राम्रो माध्याम भए पनि व्यवस्थित हुन नसकेको बताए ।