अछाम काँग्रेस सभापतिमा शाह निर्वाचित
अत्तरिया : काँग्रेस अछाम सभापतिमा पुष्पबहादुर शाह निर्वाचित भएका छन् । शाहले ७७९ मत ल्यायर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्व भरत स्वाँरल ७११ मत ल्याएका हुन् । अछाम जिल्ला सभापति पदका लागि दोस्रो चरणको मतदान भएको थियो । पहिलो चरणमा कुनै पनि उम्मेद्वारीले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको चुनावी प्रक्रियामा गएको थियो ।
पहिलो चरणमा वर्तमान सभापति भरत कुमार स्वाँर, पूर्व पार्टी सभापति पुष्पबहादुर शाह र नेपाल विद्यार्थी संघ अछामका पूर्व अध्यक्ष समेत रहेका काँग्रेस महासमिति सदस्य राजन कुँवर चुनावी मैदानमा उत्रिएका थिए ।
कुँवरले दोस्रो चरणमा चुनावी प्रक्रियामा वर्तमान सभापति भरतकुमार स्वाँलाई सहयोग गरेका थिए । अन्य पदाधिकारीहरुको मतगणना हुन बाँकी रहेको छ ।