सुनको भाउ अहिलेसम्मकै उच्च, पुग्यो एक लाख ५ हजार ५ सय

अत्तरिया : नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको हो।

मंगलबारभन्दा बुधबार सुनको भाउ प्रतितोला २५ सय रुपैयाँले बढेको हो। यसअघि सबैभन्दा धेरै मूल्य २०७७ साउन २३ गते छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो। त्यो रेकर्ड आज तोडिएको हो।

तेजावी सुनको भाउ पनि प्रतितोला १ लाख ५ हजार रुपैयाँ पुगेको छ। बुधबार चाँदीको भाउ पनि प्रतितोला ४० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १४५० रुपैयाँमा कारोबार भइरहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.