अर्जुन दास हत्या प्रकरण : धम्कीपूर्ण शब्द प्रयोग भएको अर्को भिडियो वाहिरियो

धनगढी : कैलालीमा २५ वर्षीय अर्जुन दास (अरुण) को हत्या गरी फरार चार अभियुक्तले फेसबुकमा भिडियो राखी आफूहरूलाई पक्रेर देखाउन प्रहरीलाई नै चुनौती दिएका छन् । जानकी गाउँपालिका–९ का २५ वर्षीय दासको हत्या प्रकरणमा प्रहरीले मुख्य अभियुक्त भनिएका मनोज भण्डारीलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।
गएको पुस पहिलो साता दासको घाँटी रेटेर टाउको छिनालेको अवस्थामा शव फेला परेको थियो । स्थानीय अमरावती सामुदायिक वनमा नग्न अवस्थामा घाँटी रेटेर टाउको अलग पारिएको अवस्थामा शव फेला परेको हो ।हत्यापछि अरुणलाई आफूहरूले मारेको भन्दै मनोज भण्डारी नामका एक व्यक्तिले आफूनिकट एक जनालाई गरेको टेलिफोन संवाद सार्वजनिक भएको थियो ।
सोही अडियोको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । त्यसको झण्डै तीन महिनापछि भिडियोमार्फत मुख्य अभियुक्त भनिएका भण्डारी सहित केही युवाहरूले आफूहरूको पछि नलाग्न भन्दै भिडियो मार्फत धम्की दिएका छन् ।
‘यी फुच्चेफाच्चीका लागि गोली खर्च गर्छन् ? तिमीहरूलाई यति सहज मृत्यु दिँदैन । तड्पाई तड्पाइ नमारे मेरो नाम मनोज होइन एके,’ भिडियोमा भनिएको छ, ‘एके, तेरा बाउ मारेको छु मैले कि श्रीमती मैले लगेको छु ? तँ एउटा मोबाइल चोरेर लुकेर बसेको छस् । दाइले के ग¥या छ थाहा होला नि क्रिमिनल हो हामी क्रिमिनल ’
यस्तै चारजनामध्ये एकजनाले अपशब्द समेत बोलेर धम्की दिएका हुन् । ती युवकले भनेका छन्,‘तेरो बाऊ मारेको छु । कि तेरो जोई लग्दे भन ? नलाग के नलाग हाम्रो पछि नलाग’ युवकहरूले आफू लुकेर नबसेको बताएका छन् ।
उनीहरूले कुकुर मारे जस्तो मान्छे मारेको भनेका छन् । तीमध्ये एक युवकले भनेका छन्,‘समुन्द्र तब शान्त हुन्छ जब तुफान आउनेवाला हुन्छ,औकात नभएकाहरू ।’ नेपालमा यसअघि यस्तो चुनौती आतङ्कवादी घोषित समूहले मात्र गर्दथे । तर, लागू औषधसँग जोडिएको समूहले पहिलो पटक धम्कीसहित अडियो र भिडियो सार्वजनिक गरेको सम्भवतः पहिलो घटना हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.