Agni Offset Press

गोदावरी नदीमा डुवेर १५ बर्षीय युवतीको मृत्यु

Aarati simant

अत्तरिया : कैलालीको गोदावरी नदीमा डुवेर एक युवतीको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरिया बस्ने १५ बर्षीय छात्रा खेमा खड्काको पानीमा डुवेर मृत्यु भएको हो । दुर्गा लक्ष्मी मावि अत्तरियामा अध्ययनर युवती विद्यालयको पोशाक सहित नदीमा डुवेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको हो ।
साथीहरुसँग नुहाउन गएकी उनको गोदावरीको काठेपुल मुनीको तलाउमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक (डिएसपी) नवराज पोखरेलले बताए । मृतक खड्काको शव अनुसन्धानका लागी अत्तरियाकाे पद्मा अस्पतालमा राखिएको थियो । पोष्टमार्टमको लागी त्यहाँबाट सेती प्रादेशीक अस्पताल पठाईएको छ । घट्ना बारे थप अनुसन्धान भईरहेको  प्रहरीले जनाएकाे छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.