Agni Offset Press

गोदावरी नगरपालिका : किसान परिचयपत्र वितरणका लागि सम्झौता

Aarati simant

अत्तरिया : कृषि पेशाको संरक्षण र किसानको जीवनस्तरको प्रवद्र्धनको ब्यवस्थान मिलाउन स्थानीय परिचयपत्र अभ्यासका लागि सम्झौता भएको छ ।
सरकार संगको सहकार्यमा गोदावरी नगरपालिका र कैलाली भित्रका सबै घरधुरीको तथ्यांक संकलन व्यवस्थितीकरण गर्दै किसान पहिचान र वर्गिकरण सहितको परिचयपत्रको अभ्यासको लागि सम्झौता भएको हो । गोदावरी नगरपालिका र राष्ट्रिय कृषक समूह महासंघ, नेपाल बीच संझौता भएको छ । केएर नेपालको श्रोत साझेदारीमा महासंघले यस अभ्यासमा प्रक्रिया सहजिकरण गर्ने छ । किसान परिचय पत्र वितरणका लागि गोदावरी नगरपालिको कार्यपालिकाबाट किसान परिचय पत्र वितरण् ाएवं सेवा सुविधाको उपलब्धता सम्बन्धि कार्यविधि २०७८ तर्जुमा गरेको छ ।
नेपालको संविधान २०७२ बमोजिम खाद्य संप्रमुताको हकको संरक्षणगर्दै राज्यले अगिंकार गरेको कृषि नीतिमा उल्लेखित किसानको हकहित संरक्षण सम्बर्धन गर्दै किसानको पहिचान गर्ने छ । यस्तै वर्गिकरण गरी त्यसको आधारमा किसानलाई किसान परिचयपत्र उपलब्ध गराउने साथै नगरपालिकाबाट उपलब्ध गराईने कृषिसंग सम्बन्धित सेवा सुविधालाई किसान परिचयपत्रको आधारमा ब्यवस्थित तरीकाले प्राथमिकताको आधारमा वितरण गर्ने उदेश्यले कृष्णपुर नगरपालिका किसान परिचयपत्र वितरण अभ्यास सुरु गरेको छ ।
नागरिकको मौलिक हक र नागरिकको खाद्य सम्प्रभुता एवं खाद्य सम्बन्धी हकको सुनिश्चितता र समग्र किसानको सशक्तिकरण गर्दै कृषि प्रणाली तथा यसको मुल्य शृंखलामा सुशासन कायम गर्न; कृषि प्रणालीलाई दिगो पर्ने छ साथै यस क्षेत्रमा समता मुलक विकासको अभ्यास गर्नको लागि स्थानीय सरकारसंग मिलि महासंघले स्थानीय कृषि ऐन साथै किसान परिचयपत्रलाई अभियानको रुपमा अगाडिब ढाउँदै आएको कुरा महासंघका सुदूरपश्चिम अध्यक्ष प्रकाश थापाले बताए । थापाका अनुसार यस अभ्यासले जोखिममा रहेका किसानलाई सेवापहुँचमा अग्राधिकारको आधार तय गर्ने छ साथै किसान परिचयपत्रको आधारमा किसानलाई सेवा सुविधा साथै सामाजिक सुरक्षाको अभ्यास गर्नको लागि परिचयपत्रले तहगत सरकारलाई सहयोग गर्ने छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.