स्थानीय निकायको निर्वाचन : नेताहरु चुनाव केन्द्रित हुन थाले
अत्तरिया : राजनीतिक दलहरु स्थानीय निर्वाचन केन्द्रित हुन थालेका छन् । बैशाख ३० गते सरकारले स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । मुलधारमा रहेका राजनीतिक दलहरु गोष्ठी, सेमिनार, टोल भेलाहरु गरिरहेका छन् ।
सुदूरपश्चिम प्रदेशका कैलाली लगायतका जिल्लामा चुनाव केन्द्रित भएका हुन् । विभिन्न ठाउँमा भएको कार्यक्रममा केन्द्रस्तरका नेताहरु समेत भेलाहरुमा सहभागि भईरहेका छन् । नेपाली काँग्रेसले देशभर सञ्चालन हुने चुनाव केन्द्रित प्रचार अभियानमा केन्द्रीय सदस्य समेत खटाएको छ । कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी २९ फागुन देखि एक महिनासम्म अभियान सञ्चालन गर्ने जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाहरुमा पनि केन्द्रिय सदस्यहरु खटाएको हो । जसमा कैलालीमा गोविन्दबहादुर शाह र कञ्चनपुरमा नैनसिंह महरलाई जिम्मेवारी दिइएको छ । यस्तै गरी डडेल्धुरामा ईश्वरी न्यौपाने, बझाङमा रमेश लेखक, बैतडीमा यज्ञराज जोशी, अछाममा सिताकुमारी राना, बाजुरामा अर्जुनजंग हादुर सिंह, दार्चुलामा अरुण राठौर र डोटीमा किरण गिरी केन्द्रिय सदस्यहरुलाई खटाइएको हो ।
सुदूरपश्चिमको राजधानी कैलालीमा चुनावी माहोल गर्माएको छ । जिल्लाका १३ वटा स्थानीय तहमा निर्वाचन आयोगले निर्वाचन केन्द्रित कार्यक्रम अगाडि बढाएपछि प्रतिस्पर्धाको लागि राजनीतिक दलहरू आन्तरिक तयारीमा जुट्न थालेका छन् । पालिकास्तारमा उम्मेद्वारहरुको समेत चर्चा हुन थालेको छ । काँग्रेसले चुनाव केन्द्रित कार्यक्रम सुरु गरेसकेको काँग्रेस कैलालीका सभापति नारायणदत्त मिश्रले बताए । ‘घर—घरमा कांग्रेस, जन—जनमा कांग्रेस’ भन्ने मुल नाराका साथ अगाडि बढेको उनको भनाई छ । ‘वडा, पालिकाहरुमा कार्यक्रम भईरहेका छन्’, सभापति भट्टले भने । ‘उम्मेद्वारीको टुङगो लागेपछि अझ स–सक्त भएर अगाडि बढ्ने छौँ ।’
नेकपा एमालेले पनि निर्वाचन केन्द्रित कार्यक्रम सुरु गरेको छ । एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकको अनुसार सबै जिल्लामा भेला र छलफल भईरहेका छन् । ‘निर्वाचन केन्द्रित कार्यक्रम सुरु भइसकेका छन्’, उनले भने । ‘केहि दिनमा थप व्यवस्थित गरेर जादैँ छौँ ।’
स्थानीय निर्वाचन घोषणापछि धेरै दलका नेताहरु चुनाव केन्द्रित हुन थालेका छन् । काठमाण्डौँ केन्द्रित भएका नेताहरु विस्तार आफ्नो निर्वाचन क्षेत्रमा गईरहेका छन् । नेकपा माओवादी केन्द्रले समेत निर्वाचन कार्यक्रम सुरु गरेका छ । माओवादी कैलालीका नेता लालबहादुर सोडारीका अनुसार अहिले टोल भेला र छलफल भईरहेका हुन् । यस्तै एमाले बाट छुटिएर बनेको नेकपा समाज वादीले पनि निर्वाचन गतिविधि बढाएको छ । समाजवदी कैलालीका अध्यक्ष दीर्घ सोडारीका अुनसार अहिले गाउँ केन्द्रित कार्यक्रम भईरहका हुन् ।
यस्तै धनगढी उमहानगपालिकाबाट स्वतन्त्र उम्मेद्वारी घोषणा गरेको गोपाल हमालले छलफल र भेटघाट कार्यक्रम बढाएको छ । ‘७४ को निर्वाचनमा मलाई सहयोग गर्नेहरूसँग छलफल गर्दा स्वतन्त्र भएर नै अगाडि बढ्न सुझाव आयो, स्वतन्त्रबाट अगाडि बढे पनि सकेसम्म १९ वडाबाट वडा अध्यक्षहरू उठ्ने छन्,’ हमालले भने । उनी नियमति जसो मतदाताहरुसंग भेटघाटमा नै व्यस्त हुने गरेका छन् ।