Agni Offset Press

कोरोनाबाट प्रभावितलाई मेसिन र औजार वितरण

Aarati simant

कञ्चनपुर,२७ फागुन : कोभिड–१९ बाट प्रभावित भई रोजगारी गुमाएका शुक्लाफाँटा नगरपालिकाका साना उद्यमीलाई मेसिन र औजार वितरण गरिएको छ ।

एक्ट एलायन्स, एलडब्लुएफ र राष्ट्रिय मुक्त हलिया महासङ्घ नेपालको संयुक्त साझेदारीमा सञ्चालित कोभिड प्रतिकार्य परियोजनाअन्तर्गत २३ साना उद्यमीलाई मेसिन र औजार वितरण गरिएको हो ।

राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारका अनुसार चार छालाजुत्ता व्यवसायी, नौ सिलाइकटाइ पेशामा संलग्न, काठका भाँडा बनाउने कार्यमा संलग्न एक, आरन व्यवसाय सञ्चालन गर्दै आएका चार, खुद्रा पसल सञ्चालक तीन, तरकारी व्यवसायी तीन र कुखुरापालक तीन जनालाई मेसिन तथा औजार वितरण गरिएको छ ।

प्रत्येक उद्यमी र व्यवसायीलाई रु १५ हजार मूल्य बराबरका मेसिन र सामग्री उपलब्ध गराइएको छ । यसैगरी कृष्णपुर नगरपालिका क्षेत्रका ८४ साना उद्यमीलाई समेत मागका आधारमा मेसिन र औजार वितरण गरिने उनको भनाइ छ । साना उद्यमीलाई मेसिन र औजार वितरण गर्दै नगरप्रमुख दिलबहादुर ऐरले व्यवसाय सञ्चालन गर्नका लागि आवश्यक तालिम र पूँजी अनुदानका लागि नगरपालिका सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.