दलहरूसँग छलफल गर्दै आयोग, नेतासहित प्रतिनिधिलाई पनि बोलायो
काठमाण्डौँ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न राजनीतिक दलहरूलाई बोलाएको छ । ३० वैशाखमा तय भएको निर्वाचनका सन्दर्भमा आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७वटा राजनीतिक दलका प्रतिनिधिलाई छलफलका लागि बोलाएको हो ।
आज बिहान साढे ११ बजे हुने छलफलमा आयोगले हालसम्म गरेको कार्यप्रगतिबारे जानकारी गराउने छ भने राय–सुझाव लिने छ । आयोगले आजको छलफलमा प्रत्येक राजनीतिक दललाई नेतासहित दुई जना प्रतिनिधि पठाउन आग्रह गरेको छ ।