Agni Offset Press

धनगढीमा युवकको हत्याः बाजुराका दुई जना पक्राउ

Aarati simant

धनगढी : धनगढीमा एक युवकको हत्या गरेर फालिएको प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयले हत्या आरोपमा पक्राउ परेका उनीहरुलाई शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।

कैलाली प्रहरीका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीका अनुसार हत्या आरोपमा पक्राउ गरिएका बाजुराको खप्तड छेडदहका २४ बर्षीय राजेन्द्र बुढा र २० बर्षीय भुपेन्द्र बुढालाई सार्वजनिक गरिएको हो। बुढाद्वयले मिलेर भारतीय नागरिक कुलदीप गुप्ताको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको एसपी अधिकारीले बताए।

सोमबार धनगढीको वडा नम्बर ५ शिवनगर र जाई जोड्ने सडक छेउको नालीमा भारतको उत्तरप्रदेशस्थित शाहजापुराका अन्दाजी ४२ वर्षीय गुप्ताको शव फेला परेको थियो। बाटो हिँड्ने एक युवतीले सोमबार बिहान पौने १० बजेतिर युवकको शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन्। प्रहरीले गुप्ताको हत्या भएको निष्कर्ष निकालेको थियो। गुप्ता भारतबाट धनगढी शिवपुरी धाम नजिक डेरा गरेर बस्दै आएका थिए।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.