धनगढी लेडी जेसिसद्वारा बाल गृहलाई खाद्यान्न वितरण
धनगढी,२७ फागुन : धनगढी लेडी जेसिसद्वारा न्यू लाइफ मिसन नेपाल बालगृहलाई खाद्यन्न वितरण गरेको छ । धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा रहेका उक्त बाल गृहलाई धनगढी लेडी जेसिसले विभिन्न व्यक्तित्वले सहयोग गरेको खाद्यन्न हस्तान्तरण गरिएको हो ।
मानव सेवा जीवनको सर्वोत्तम कार्य हो भन्ने मुल नाराका साथ धनगढी लेडी जेसिसले न्यू लाइफ मिसन नेपाल बालगृहलाई खाद्यन्न वितरण गरेको अध्यक्ष जेसी सरस्वती खडका भट्ट बताइन् । उक्त खाद्यन्न सामग्री धनगढी उपमहानगरपालिकाके नगर प्रमुख नृपबहादुर वड न्यू लाइफ मिसन नेपाल बालगृहका अध्यक्ष मनोज आचार्य ले हस्तान्तरण गरेका थिए ।
बाल गृहलाई हरिशंकर ठाकुर ४ कट्टा चामल, रविन्द्र गुप्ता १० लिटर तेल, संजय अर्याल ५ लिटर तेल, अमित भुजनिया २५ केजी चामल, ५० केजी आलु, २० केजी प्याज, १० लिटर तेल सहयोग गरेका थिए ।
धर्म पडाल ५ लिटर तेल, डा. मिनराज अलाम अन्सारी २५ केजी मसुरको दाल, तराई टेडर्स २५ केजी चामल, ५ केजी सोयाविन, बबलु गुप्ता अत्तरिया २५ केजी चामल, भुवन भट्ट १० केजी नुन, ५ केजी अरहर दाल, १० प्याकेट भुजा, २४ पिस नुहाउने साबुन, २४ पिस पेष्ट, ५ केजी चिनी सहयोग गरेका थिए ।
त्यसै गरी सुरज गिरीले २ पेटी चाउचाउ, राहुल गुप्ताले ३ कट्टा चामल, पुष्प कुवरले २ पेटी चाउचाउ सहयोग गरेका थिए । त्यस्तै धनगढी लेडी जेसिसले पनि कपी, पेन, पेन्सिल कटर, विस्कीट २\२ दर्जन, ३ क्यारेट अण्डा, १५ केजी पिठो, राजमा, चना, मटर ३\३ किलो, नुन १० किलो सहयोग अध्यक्ष जेसी सरस्वती खडका भट्टले बताए ।
२०६५ भदौ ११ गते स्थापना भएको न्यू लाइफ मिसन नेपाल बाल गृहमा अहिले १४ बालिका ३ जना बालक गरि १७ बालबालिका रहेका छन । कार्यक्रममा सामाजिक अभियन्ता धर्मराज ओझा, सुरज गिरी, धनगढी लेडी जेसिसका कार्यक्रम संयोजक जेसि मन्जु चन्द वम, कार्यकारिणी उपाध्यक्ष जेसी सुशिला निरौला, महासचिव, उपाध्यक्ष लगायत धनगढी लेडी जेसिस पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।