Agni Offset Press

नवजीवन सहकारी : चुनावमा दुई प्यानल,मतदान जारी

Aarati simant

धनगढी : धनगढीमा प्रधान कार्यालय रहेको नवजीवन सहकारी संस्थाको २८औं साधारण सभाअन्तर्गत आज निर्वाचन भइरहेको छ। सहकारीको नयाँ नेतृत्व चयनका लागि दुईवटा प्यानल चुनावी मैदानमा उत्रिएपछि आज बिहानदेखि मतदान सुरु भएको हो।

रतनबहादुर कठायत र देवबहादुर बमको नेतृत्वमा दुई प्यान चुनावी मैदानमा रहेका हुन्। अध्यक्ष पदका उम्मेदवार कठायतको प्यानलले नवजीवन सहकारीलाई थप व्यवस्थित र पूर्ण प्रविधिमैत्री बनाउने, पूराना र अधुरा कामलाई पूर्णता दिनुका साथै सामुदायिक अस्पताल र सहकारी विद्यालय सञ्चालन गर्ने एजेण्डा अगाडि सारेको छ।

कठायतको प्यानलबाट चेतराज ओझा उपाध्यक्ष पदमा र उत्तमराज जोशी, रोम स्वाँर, केशवराज मिश्र, गणेश बम, गोपाल चौधरी, कृष्णबहादुर चौधरी, जयराज जोशी, पूर्ण जोशी, उपेन्द्र बिष्ट, भीमबहादुर बलायर र राधिकाकुमारी चौधरी सदस्य पदमा उम्मेदवार छन्। उनको प्यानलबाट लेखा समिति संयोजक पदमा चेतराज जोशी र सदस्य पदमा लक्ष्मीराज पन्त र सीता विक उम्मेदवारी दिएका छन्।

बमको प्यानलले नवजीवन सहकारीको विकास, सेयर सदस्यको हकहित, सामाजिक क्षेत्रमा लगानी र कर्मचारीको हकहित सहितका एजेण्डा अगाडि सारेको छ। बमका प्यानलबाट भरतराज जोशी उपाध्यक्ष पदमा र सदस्य पदमा इन्दिरा जैशी, गोपालराज पाठक, गोमाकुमारी अधिकारी, घनबहादुर शाह, पदमराज सापकोटा, प्रकाश जोशी, महेशराज बिष्ट, माधव चौधरी, रवि कुँवर, विश्वनाथ ओझा, र शिवकुमार जोशी फुलारा उम्मेदवार छन्।

उनको प्यानलबाट लेखा समिति संयोजक पदमा मदराज ओझा तथा सदस्य पदमा गणेशप्रसाद उपाध्याय र सरस्वती वली उम्मेदवार छन्। नवजीवन सहकारी संस्थामा २९ हजार ५ सय ७७ शेयर सदस्य छन्। संस्थाले मतदान गर्नका लागि सबै शेयर सदस्यहरूलाई परिचयपत्र गर्दै सरकारद्वारा जारी प्रमाणपत्र लिएर आउन अनुरोध गरेको छ। नवजीवन सहकारी २०५० सालमा स्थापना भएको हो

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.