एमसीसिलाई गलत प्रचार गरीयो–काँग्रेस केन्द्रीय सह–महामन्त्री पाण्डे

बाजुरा : एमसीसिलाई गलत रुपमा बुझ्न नहुने नेपाली काँग्रेसका केन्द्रीय सह–महामन्त्री बद्री प्रशाद पाण्डेले बताएका छन् । सह–महामन्त्री पाण्डेले अमेरिकी सहयोग सम्झौता एमसीसी संसदबाट पारित भएको समयमा गलत प्रचार गरीएको बताएका छन्
अमेरिकी सहयोग सम्झौता एमसीसी संसदबाट पारित हुदा काँग्रेसले देश नै हस्तान्तरण गर्ने भयो भन्ने कुराको भ्रम फैलाएर देशमा अमेरीकि सेना आउने भए भन्ने कुराले जनलाई सडकमा आउन बाद्य बनाउने र अमेरीका संगको सम्बन्ध बिगार्न खोज्ने दुसप्रयास नेपालका राजावादी सोच राख्नेहरु बाट एमसीसीको गलत प्रचार भएको बताए ।

शुक्रबार नेपाली काँग्रेस बाजुराका भातृ संघको संयुक्त भेलालाई सम्बोधन गर्दै काँग्रेस केन्द्रीय सह–महामन्त्री पाण्डेले यस्तो बताएका हुन् । फरक प्रसंगमा बोल्दै काँग्रेस केन्द्रीय सह–महामन्त्री पाण्डेले पार्टीका लागी भातृ संगठन भनेको मेरुदण्ड भएको बताए । पार्टीको अव आउने स्थानीय तहको निर्बाचनममा जिल्लाका नौं वटै पालिका जित्न भातृ संघले तदारुकताका साथ लाग्नुपर्ने बताए ।

कार्यक्रमका बिशिष्ट अतिथि तथा काँग्रेस बाजुराका सभापति रामसिंह रावलले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीका नेताहरु लगाएत भातृ संघहरुले गम्भीरताका साथ लाग्नुपर्ने बताए । बाजुरालाई काँग्रेसमयी बनाउन सबैले सबै क्षेत्रबाट रात दिन नभनी लाग्नु पर्ने बताए । काँग्रेस बाजुरालाई बलियो बनाई राखे बाजुरेली जनताको मुखमा खुसि देख्न दिन छिट्टै आउने समेत बताएका छन् ।

नेपाल महिला संघ बाजुराका अध्यक्ष अमृता सिंहको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि काँग्रेस केन्द्रीय सह–महामन्त्री बद्री प्रशाद पाण्डे रहेका छन् । काँग्रेस बाजुराका सभापति रामसिंह रावल, नेपाली काँग्रेस बाजुराका पुर्व पार्टी सभापति मनबहादुर रावल, नेपाली काँग्रेस बजुराका उप–सभापति नारायण पाध्याय, सचिव तिकराज पुरी र भरत बहादुर रोकाया, सह–सचिव सुरेन्द्र सिंह, नेपाली काँग्रेस महासमिती सदस्य तथा महाधिबेशन प्रतिनिधी जुना दानी, काँग्रेस महाधिबेन प्रतिनिधी कविता बिष्ट लगाएत बिशिष्ट अतिथि रहेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.