नवजीवन सहकारीको नयाँ नेतृत्व चयनको मतदान सम्पन्न : १५ हजार ६ सय २७ मत खस्यो
धनगढी, २८ फागुन : धनगढीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारी संस्थाको २८ औं साधारण सभाअन्तर्गत मतदान सकिएको छ । शनिबार बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ सकिएको हो ।
सहकारीको नयाँ नेतृत्व चयनका लागि देवबहादुर बम र रतनबहादुर कठायत दुईवटा प्यानल चुनावी मैदानमा उत्रिएका थिए । निर्वाचन समिति प्रमुख निर्वाचन अधिकृत लोकबहादुर बिष्टले २९ हजार ५ सय ७७ शेयर सदस्य रहेकोमा १५ हजार ६ सय २७ मत खसेको बताए । निर्वाचन समितिका अनुसार शनिबार रातदेखि गणना पनि सुरु गर्ने तयारी रहेको छ