Agni Offset Press

नवजीवन सहकारी चुनाव : मतगणना जारी, कसको अग्रता ?

Aarati simant

धनगढी : धनगढीमा प्रधान कार्यालय रहेको नवजीवन सहकारी संस्थाको २८औं साधारण सभाअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतगणना जारी छ। मतगणनाअनुसार सुरुवाती अग्रता देवबहादुर बमले लिएका छन्।

प्रमुख निर्वाचन अधिकृत लोकबहादुर बिष्टले दिएको जानकारीअनुसार २८०० मतगणना हुँदा बमले १४२५ मत पाएका छन्। अध्यक्षका अर्का प्रत्यासी रतनबहादुर कठायतले १०९५ मत पाएका छन्। सहकारीको नयाँ नेतृत्व चयनका लागि दुईवटा प्यानल चुनावी मैदानमा उत्रिएपछि शनिबनर मतदान भएको थियो।

निर्वाचन समितिका अनुसार नवजीवन सहकारी संस्थामा २९ हजार ५ सय ७७ शेयर सदस्य रहेकोमा १७ हजार ८० मत खसेको थियो। सहकारीको नेतृत्वको लागि कठायत र बमको नेतृत्वमा दुई प्यान चुनावी मैदानमा उत्रिएका छन् । कठायतको प्यानलबाट चेतराज ओझा उपाध्यक्ष पदमा र उत्तमराज जोशी, रोम स्वाँर, केशवराज मिश्र, गणेश बम, गोपाल चौधरी, कृष्णबहादुर चौधरी, जयराज जोशी, पूर्ण जोशी, उपेन्द्र बिष्ट, भीमबहादुर बलायर र राधिकाकुमारी चौधरी सदस्य पदमा उम्मेदवार छन्।

उनको प्यानलबाट लेखा समिति संयोजक पदमा चेतराज जोशी र सदस्य पदमा लक्ष्मीराज पन्त र सीता विक उम्मेदवार छन्। बमका प्यानलबाट भरतराज जोशी उपाध्यक्ष पदमा र सदस्य पदमा इन्दिरा जैशी, गोपालराज पाठक, गोमाकुमारी अधिकारी, घनबहादुर शाह, पदमराज सापकोटा, प्रकाश जोशी, महेशराज बिष्ट, माधव चौधरी, रवि कुँवर, विश्वनाथ ओझा, र शिवकुमार जोशी फुलारा उम्मेदवार छन्।

उनको प्यानलबाट लेखा समिति संयोजक पदमा मदराज ओझा तथा सदस्य पदमा गणेशप्रसाद उपाध्याय र सरस्वती वली उम्मेदवार छन्। नवजीवन सहकारी २०५० सालमा स्थापना भएको थियो।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.