पहाडी क्षेत्रमा ढकमक्क फूल्यो लालीगुराँस

डडेल्धुरा : सुदूरपश्चिमका हिमाली तथा उच्च पहाडी क्षेत्रमा यतिबेला ढकमक्क गुराँस फुलेको छ। वन जंगलमा लालीगुराँस फुलेर अहिले डाँडाकाँडा ढकमक्क भएका हुन्। विभिन्न प्रजातिको रंगीविरंगी गुराँसले वन सुन्दर बनाएको छ भने आगन्तुकलाई लालायित पार्ने गरेको छ।

लालीगुराँस नेपालको राष्ट्रिय फूल हो। नेपालमा ३२ प्रजातिका गुराँस अभिलेख छ। लालीगुराँसलाई नेपालको राष्ट्रिय फूलको रूपमा २०१९ सालमा मान्यता दिइएको थियो। नेपालको संविधान २०७२ ले पनि लालीगुराँसलाई राष्ट्रिय फूलको मान्यता दिएको छ। नेपालको निशान छापमा समेत लालीगुराँसलाई समावेश गरिएको छ। यस्तै नेपाली रुपैयाँ पाँच सय र एक हजारको नोटमा लालीगुराँस अङ्कित छ।
नेपालको राष्ट्रिय फूल भएका कारण लालीगुराँस धेरै पटक हुलाक टिकट तथा हुलाक वस्तुमा प्रकाशन भइसकेको छ। अंग्रेजीमा ‘रोडोडेनड्रन’ भनेर चिनिने यो मनमोहक फूलका विभिन्न प्रजाति संसारभर नै पाइन्छ।

संसारमा लालीगुराँससँग मिल्दोजुल्दो प्रजातिका अन्य पाँच गुराँस पाइन्छन्। समुद्री सतहबाट गुराँस एक हजार ३०० देखि चार हजार ६०० मिटरको उचाइमा पाइने यो फूल वसन्त ऋतुमा फुल्छ। लालीगुराँस साधारणतया माघ–फागुनदेखि वैशाख–जेठसम्म फूल्ने गर्छ। तर, छिटो फूल्ने ठाउँमा पुस महिनामा पनि फूलेको देखिन्छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.