गौरीगंगामा काँग्रेसको पार्टी कार्यालय उद्घाटन

अत्तरिया : नेपाली काँग्रेस गौरीगंगा नगरपालिका वडा न. २ को पार्टी कार्यालय एक समारोहका बीच उद्घाटन गरिएको छ । कैलालीको गौरीगंगा नगरपालिकाको वडा न.२ धबै स्थित पार्टी कार्यालयको काँग्रेस सुदूरपश्चिम प्रदेश सदस्य सुरत रावत (डोटेली कान्छा) ले एक समारोहका बीच उद्घाटन गरेका हुन् ।
काँग्रेस गौरीगंगा नगरपालिका वडा न.२ का सभापति किरन मल्लको सभापतित्वमा भएको कार्यक्रममा काँग्रेस सुदूरपश्चिम प्रदेश सदस्य सुरत रावत (डोटेली कान्छा) प्रमुख अतिथि थिए । कार्यालय उद्घाटन गर्दै काँग्रेस सुदूरपश्चिम प्रदेश सदस्य सुरत रावत (डोटेली कान्छा) ले पार्टी संगठनलाई चुस्त दुरुस्त राख्नुका साथै पार्टीको टोल समितिबाट सबैलाई
पार्टीको आन्तरिक चुनावको तिक्तता अन्त्य गर्दै निर्वाचनको तयारीमा जुटन आग्रह उनले आग्रह गरे । स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वार बन्ने अपेक्षा भएका ब्यक्तित्व जतिसुकै हुनु होला तर, टिकटको टुंगो लागिसकेपछी सबै एक ढिक्का भएर लाग्नुपर्ने बताए । त्यस्तै काँग्रेस गौरीगंगा नगर सभापति पहल बिक्रम चन्द, जिल्ला सल्लाहकार यज्ञनिधि कोइराला, हरिश चन्द लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यालय उद्घाटन कार्यक्रममा काँग्रेस कैलाली क्षेत्र न.४ का निवर्तमान सभापति दिनेशराज जोशी, जिल्ला सदस्य द्वय प्रेमराज ओझागोहनी राना, काँग्रेस क्षेत्र ४ क का सभापति काशीराम शर्मा, जिल्ला सल्लाहकार सदस्य फणी सापकोटा काँग्रेस गौरीगंगा नगर सचिव हेमन्तराज जोशी लगायत दर्जनौं नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.