![Agni Offset Press](https://agnisamachar.com/wp-content/uploads/2024/08/Agni-Offset-Press-scaled-1.jpg)
अत्तरियामा जारी महोत्सव समापन, ७० हजार दर्शकले अवलोकन गरे
![Aarati simant](https://agnisamachar.com/wp-content/uploads/2022/07/Aarati-simant.jpg)
अत्तरिया : कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशीक महोत्सव समापन गरिएको छ । फागुन १३ गतेदेखि सुरु भएको महोत्सवको आईतबार एक औपचारीक कार्यक्रमका बीच गोदावरी नगरपालीकाका प्रमुख हरिसिहं साँउदले समापन गरेका हुन् ।
समापन कार्यक्रममा प्रमुख साँउदले प्रत्यक वर्ष आयोजना हुने यस्ता मेला महोत्सवले पर्यटकीय क्षेत्र,व्यवशायीक क्षेत्र,कृषीक्षेत्र लगाएत समग्र क्षेत्रको विकासमा टेवा पुर्याउने बताए । निजी क्षेत्रले आयोजना गर्ने कार्यक्रमले स्थानीय प्रस्तुतीले स्थान पाउनुका साथै प्रदेशका कला सँस्कृतीको समेत जर्गेना हुने बताए । अत्तरिया उधोग वाँणीज्य संघले आयोजना गरेको महोत्सवमा करिब ७० हजार दर्शकले अवलोकन गरेको जनाईएको छ ।
महोत्सवमा अत्तरिया लगायत विभिन्न क्षेत्रका व्यापारीहरुले स्टल राखेका थिए भने राष्ट्रीय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहेको थियो । महोत्सवमा सबै गरि १ सय स्टल राखीएका थिए । १३ गतेदेखी २५ गतेसम्म चल्ने भनीएपनी दर्शकको माग बमोजीम महोत्सव ४ दिन थप गरि २९ गतेसम्म जारी राखीएको थियो । अत्तरिया उद्योग वाँणीज्य संघले २०७१ सालदेखी लगाँउदै आएको महोत्सव दुइ वर्षदेखी कोरोनाका कारण सञ्चालन हुन सकेको थिएन ।
![Godawari Janhitma Jari Sandes](https://agnisamachar.com/wp-content/uploads/2024/08/galaxy-multiple-campus-add.jpg)