Agni Offset Press

धनगढी पुगेर प्रचण्डले भने : प्रकाश सपुतको गितमा त्यति विरोध गरिरहनुपर्दछ भन्ने मलाई लाग्दैन्

Aarati simant

अत्तरिया : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गायक प्रकाश सपुतको निकालेको ‘पीर’ गितमा त्यति विरोध गरिरहन आवश्यक नरहेको बताएका छन् । ‘त्यति विरोध गरिरहनुपर्दछ भन्ने मलाई लाग्दैन् । मैले त्यो गित पुरै हेर्न पनि पाएको छैन्’, पार्टीको सुदूरपश्चिम स्तरीय कार्यकार्ता प्रशिक्षणको क्रममा धनगढी पुगेका प्रचण्डले भने ‘मानिसहरुको आफ्नो अनुभव, अनुुभूति हुन्छ । गित, कविता नाटक बनाउन्छन् । डिबेट हुनसक्छ । माओवादी आन्दोलनको कुनै एउटा पाटोको बारेमा कुसैले चर्चा गर्छ भने हामीले आवेगमा आउन आवश्यक ठान्दैन ।’
प्रकाश सपुत आफैमा क्रेटिभ सिर्जनात्मक ढंगले प्रस्तुत गर्ने गायक भएको बताउँदै धेरै गहिरो जस्तो नभएको कुरा प्रचण्डले उल्लेख गरे । ‘एउटा पाटोबाट मात्र माओवादी युद्धलाई हेरेमा त्यो गलत हुन्छ । यसका धेरै आयाम छन् । नेतृत्वले शान्ति सम्झौतामा किन ल्यायो । के भयो कति भयो भन्ने कुरा अहिले मात्र होइन नेपालको इतिहासमा आउने पचासौँ बर्ष सम्म चर्चा भईरहन्छ ।’

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.