Agni Offset Press

सुदूरपश्चिम सरकारमा कांग्रेस सहभागी हुने छलफल चलेको छ : प्रचण्ड

Aarati simant

अत्तरिया : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने विषयमा छलफल भइरहेको बताएका छन् ।

पार्टीको प्रशिक्षण कार्यक्रमका लागि आज बिहान धनगढी पुगेका उनले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेश सरकारमा कांग्रेससमेत सहभागी हुने विषयमा गठबन्धनका दलहरूबीच कुराकानी भइरहेको बताएका हुन् । ‘गठबन्धनमा यो विषयमा छलफल भएको छ, कांग्रेसको सहभागिता प्रदेश सरकारमा छैन, यो विषयमा बैठकमा कुरा भयो । तर, सरकारमा मन्त्रालय थप गर्न नसकिने भएकोले सबैभन्दा बढी मन्त्री भएको एकीकृत समाजवादीले नै त्याग गर्नुपर्यो भनेर अनुरोध गरिएको छ,’ प्रचण्डले भने ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीमा यो विषयमा छलफल गर्ने बताएको समेत उनले बताए । प्रदेश सरकारको नेतृत्व फेर्ने विषयमा समेत गठबन्धनमा छलफल भएको प्रचण्डले बताए । ‘माधवजीहरूले ठूलो दलको हैसियतमा प्रदेशको नेतृत्व उनीहरूलाई दिनुपर्ने कुरा गरेका छन्,’ प्रचण्डले भने, ‘तर त्यो हो भने हामी सबैभन्दा बढी भएको बागमती हामीलाई दिनुहोस् न भनेर कुरा गरेपछि अहिले नेतृत्व नफेर्ने कुरा भएको छ ।’ उनले गठबन्धनले सल्लाह गरेर कांग्रेसलाई भने सरकारमा सहभागी गराउने वातावरण बनाइने बताए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.