अर्ली इलेक्सनको सम्भावना छैन : प्रचण्ड
अत्तरिया : सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्ली इलेक्सनको सम्भावना नरहेको बताएका छन् । एमालेको अवरोधका कारण ६ महिनादेखि संसद् सहजरूपमा चल्न नसकेका बेला प्रचण्डले यस्तो बताएका हुन् । पूर्वप्रधानमन्त्री प्रचण्डले अब नियमित चुनाव मात्र हुने बताए ।
सोमबार बिहान धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘एमालेले दुईपटक संसद् विघटन गर्यो । अहिले संसद् चल्न दिएको छैन । अर्ली इलेक्सनबारे भ्रम फैलाइएको छ, त्यो सत्य होइन ।’ प्रचण्डले ३० वैशाखमा स्थानीय तहको चुनाव घोषणा भइसकेको र अब सोहीअनुसार प्रक्रिया अगाडि बढ्ने बताए ।