Agni Offset Press

अत्तरिया खानेपानी तथा सर–सफाई संस्था : थप १३ सय बढी घरधुरीलाई सेवा दिने लक्ष्य

Aarati simant

अत्तरिया, ३० फागुन : २०५८ सालमा अत्तरियामा स्वच्छ खानेपानीको अभाव थियो । हेण्डपम्पको पानी खान स्थानीय बाध्य थिए । स्थानीयवासीलाई सवच्छ पानी खुवाउने उदेश्यका साथ अत्तरिया साना शहरिया खानेपानी तथा सर–सफाई उपभोक्ता संस्था स्थापना भयो । संस्था २०५८ स्थापना भए पनि २०६० पानी ट्याङकी निर्माण सुरु भयो । २०६४ सालमा निर्माण सम्पन्न भयो । अत्तरिया क्षेत्रका १,२ र ४ वडा वासीहरुको स्वच्छ पानी पाए ।
यो सामुदायबाट सञ्चालित सेवा मुलुक संस्था हो । सुरुमा ५० प्रतिशत सरकारको अनुदान ३० प्रतिशत नगर विकास कोषको लोन र ५ प्रतिशत उपभोत्ताको नगद र श्रमदान १५ प्रतिशत गरी निर्माण भएको थियो । उपभोक्तालाई १८ घण्टा पीउने पानी दिईरहेको संस्थानका कार्यालय प्रमुख कुलानन्द पनेरुले बताए ।
संस्थामा १४ जना हाल कर्मचारीहरु रहेका छन् । मिटरबाट पानी खुवाईरहेको हो । उपभोक्ताले प्रयोग गरेका आधारमा शुल्क निर्धाण गरेको कार्यालय प्रमुख पनेरुले जानकारी दिए ।
संस्थाले गोदावरी नगरपालिका–२ वनदेवी मन्दिर परिसरमा ४ सय ५० घनमिटरको ओभरहेड ट्याँकी, सहित अफिस भवन अहिले निर्माण गरिरहेको छ ।
अहिले सह लागनी फेरि पानी ट्याङकी निर्माण भईरहेको हो । निर्माण कार्य तिब्रगतिमा भईरहेको छ । २ वडालाई लक्षित गरी खानेपानी आयोजना निर्माण भईरहेको हो । २०७८ असार ९ गते सम्झौता भएको हो । गोदावरी नगरपालिका, संघीय खानेपानी धनगढी, अत्तरिया खानेपानी र निर्माण व्यवसयी बीच सम्झौना भएको हो । २०८० असार ९ गते भित्र सम्पन्न गर्न सम्झौता भएको छ ।
१३ करोड १९ लाख ८८ हजारमा टेण्डर भएको हो । नेपाल सरकारको ७० प्रतिशत ३० प्रतिशत उपभोक्ता ५ प्रतिशत यसमा २० प्रतिशन नगर विकासको लोन रहेको छ । यसमा ५ प्रतिशत उपभोक्ताको लगानी हो ।
नयाँ निर्माण हुने योजना अन्तरगत ६५ किलोमिटर पाइपलाइन बिछ्याउने योजना छ । आयोजना अन्तरगत अफिस भवनको ८५ प्रतिशत र ओभरडेट ट्याँकीको ७० प्रतिशत काम सम्पन्न भएको संस्थाले दावी गरेको छ ।
आयोजना अन्तरगत २ वटा डिप बोरीङ जडान गरिने छन् । डिप बोरिङ निर्माण हुने छन् । आयोजना भिमेस्वर खड्का प्रशसा जेभी निर्माण गरिरहेको छ । आयोजनाबाट तेघरी क्षेत्रका १ हजार ३९३ घरधुरी लाभाम्बित हुने जनाएको छ ।


संस्थानसंग अहिले ४३ सय जना उपभोक्ता रहेका छन् । रिजर्भ २ घनमिटर भएको पहिलो चरणमा निर्माण भएको हो । ओभर ट्यांकीको ७० प्रतिशत काम सम्पन्न भएको छ । २५ हजार ५२ जनाले प्रत्यक्ष रुपमा लाभ लिएरहेको कार्यलय प्रमुखले पनेरुले जानकारी दिए ।
निर्माण हुने खानेपानी ट्याङकीमा आभेरहेड ट्याङकी, फायर हायर ८ वटा राख्ने छन् । तेघरीमा १५ कठ्ठा जमिनमा रहेको छ । वनदेवीमा ५ कठ्ठा जमिन रहेको छ । पटक–पटक नयाँ बन्ने सडकले गर्दा पाईप व्यवस्थापन गर्न नसकेको कार्यालय प्रमुख पनेरुले बताए । ‘तीन वटा वडामा सडक निर्माण हुने क्रममा पानी लिग हुने समस्या छ’, उनले भने । ‘यो खानेपानीका लागि मुख्य चुनौतीको विषय रहेको छ ।’

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.