मोन्यालमा एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष माओवादीमा प्रवेश

धनगढी : कैलालीको मोहन्याल गाउँपालिकाकी उपाध्यक्ष पुजादेवी बुढामगरले माओवादी प्रवेश गरेकी छिन्। एमालेबाट निर्वाचित भएकी उनी पार्टी विभाजनपछि माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) तर्फ लागेकी थिइन्।

तर, उनले समाजवादी छोडेर आजैदेखि आफू माओवादी प्रवेश गरेको बताएकी छन्। सोमबार उनलाई धनगढीमा जारी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका छन्। मोहन्याल गाउँपालिकाका अध्यक्षको निधन भएपछि उनले नै पालिकाको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी छिन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.