Agni Offset Press

नवजीवन सहकारीको अध्यक्षमा वम निर्वाचित

Aarati simant

अत्तरिया : धनगढीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारी संस्था को अध्यक्षमा देवबहादुर वम निर्वाचित भएका छन् ।
वमले उनको प्रतिद्घन्द्घी रतन कठायतसंग एक हजार ३ सय ८ मत अन्तरले निर्वाचित भएका हुन् । वमले ८ हजार ३ सय ९१ मत पाए । यस्तै रतन कठायतले ७ हजार ८३ मत ल्याए ।
सहकारीको १६ सदस्यका लागि भएको निर्वाचनमा १७ हजार ८० मत खसेको थियो । सहकारी संस्थामा २९ हजार ५ सय ७७ शेयर सदस्य छन् । सहकारीको उपाध्यक्षमा चेतराज ओझा निर्वाचित भएका छन् । उनी कठायतको प्यानलका हुन् । शनिबार मतदान भएको थियो । आईतबार विहान देखि मतगणना सुरु भएको थियो । सोमबार अवेर राति मत गणना सम्पन्न भएको हो ।
उनले ७ हजार ३ सय २९ मत ल्याए । त्यस्तै गरी सदस्यहरुमा इन्दिरा जैशी (८३११), उत्तम जोशी (६९२४), गोपालराज पाठक (६८५७), केशवराज मिश्र (६७८०), महेशराज विष्ट (६६३०), घनबहादुर शाह (६६११), उपेन्द्र विष्ट (६४७७) निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा निर्वाचित हुनेमा शिवकुमार जोशी (फुलारा) (६३६४), गणेश वम (६१७२), जयराज जोशी (६१०२), विश्वनाथ ओझा (६०१५) निर्वाचित भएका छन् । यस्तै लेखा सुपरिक्षक समिति संयोजकमा चेतराज जोशी (७१६५), गणेश प्रसाद उपाध्याय (७१४१) र लक्ष्मीराज पन्त (७०१५) निर्वाचित भएका छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.