Agni Offset Press

दुई वर्षदेखि स्थगित ‘सुदूरपश्चिम महोत्सव’ धनगढीमा चैत्र १० गतेदेखि हुने

Aarati simant

अत्तरिया : कोरोनाका कारण दुई वर्षदेखि स्थगित सुदूरपश्चिम महोत्सव धनगढीमा लाग्ने भएको छ । यही चैत्र १० गतेदेखि २० गतेसम्म महोत्सव सञ्चालन गर्ने गरी तयारी कैलाली उद्योग वाणिज्य संघले जनाएको छ ।

माघ १८ गते देखि आयोजना हुने भएपनि कोरोनाको संक्रमण बढ्न थालेपछि तयारी सुरु भएको सुदूरपश्चिम महोत्सव २०७८ अन्तिममा आएर स्थगत गर्नु परेको थियो । कोरोनाका कारण दुई वर्षदेखि स्थगित भएको महोत्सव माघमा संचालन गर्ने तयारी भएपनि कोरोनाका कारण अन्तिम समयमा आएर सुदूरपश्चिम महोत्सव स्थगित गर्नु परेको कैलाली उद्योग बाणिज्य संघका सचिव ओम बिष्टले जानकारी दिए ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.