Agni Offset Press

कैलाली क्षेत्र नम्बर ४ काँग्रेसको ‘घर घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान

Aarati simant

अत्तरिया : कैलालीको क्षेत्र नं ४ मा नेपाली काँग्रेसको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु भएको छ । मंगबलार एक कार्यक्रम गरी क्षेत्र नं ४ मा उक्त एक महिने अभियान सुरु भएको हो ।
कैलाली क्षेत्र नं ४ का क्षेत्रिय सभापति बसन्त रोकाया ललितको सभापतित्वमा सुरु भएको कार्यक्रममा काँग्रेसका केन्द्रिय सदस्य तथा उक्त अभियानका लागि केन्द्रवाट खटिएका गोविन्दबहादुर शाह प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा मुख अतिथी शाहले बैशाखमा तोकेको स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई बहुमतका साथ विजयी गराउने तयारी स्वरुप उक्त अभियानको सुरुवात गरिएको बताए । उनले केन्द्रिय कार्यसमितिको निर्णय बमोजिम सात वटै प्रदेश, प्रत्येक जिल्ला, प्रत्येक क्षेत्र र प्रत्येक नगर र वडामा यो अभियान एक महिनासम्म संचालन हुने बताए ।
उनले आफूलाई यही अभियानका लागि कैलाली जिल्लाको जिम्मेवारी दिएर पठाएकाले अब यस अभियान अन्र्तगत आफू पनि प्रत्येक गाउँ गाउँ, टोल टोल र घर घरमा पुग्ने बताए ।
उनले स्थानीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउन वडा र टोल तह सम्म पार्टी भित्र सौहार्दता, एकता र ऊर्जा थप्ने, कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराउन मतदातालाई अपिल गरिने, आम जनताहरुका गुनासो सुन्न र एमसीसी परियोजना बारे रहेको भ्रमलाई चिर्ने अभियानको उद्देश्य रहेको बताए । उनले यस जिल्लाका ५ संघीय निर्वाचन क्षेत्र, १० वटा प्रदेश, १३ स्थानीय तह, १ सय २६ वडा र प्रत्येक गाउँ गाउँका जनताको घर दैलोमा पुग्ने बताए ।

कार्यक्रम क्षेत्रिय सभापति बसन्त रोकाया ललितले क्षेत्र नं ४ मा काँग्रेसको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको सुरुवात भएको बताए । ‘आजका दिनदेखी स्थानिय तहको निर्वाचनदेखी संघीय निर्वाचन सम्पन्न नहुदाँ सम्म हामी अब जनताका माँझमा जान्छौ, जनतामुखी भएर अगाडी बढ्छौँ’ उनले भने । ‘बोल्नेको आटो बिक्ने, नबोल्नेको चामल पनि बिक्दैन भन्ने उखानलाई मनन गर्दै अब काँग्रेसले गरेका कामहरु जनता माझँ बुझाउने, जनताका आशा, भरोसा अपेक्षाहरु के के छन् यो अभियान मार्फत हामीले सबै कुराको खोजी निती गर्नेछौ ।’
उनले क्षेत्र नं ४ अन्र्तगत पर्ने गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका र चुरे गाउँपालिकाका प्रत्येक वडा वडा र वडाका पनि टोल टोलमा यो अभियान भब्यताका साथ संचालन गरिने बताए । कार्यक्रममा काँग्रेस सुदूरुपश्चिम प्रदेका पदाधिकारी, कैलाली जिल्लाका सम्पूर्ण पदाधिकारीहरु, प्रदेश सभाका पदाधिकारीहरु, नगर, वडाका पदाधिकारी काँग्रेसका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.