जोशीपुर जेसिजले जनचेतनामुलक कार्यक्रम गरी फागुपर्व मनायो

जोशीपुर, २ चैत : कैलालीको जोशीपुरमा जनचेतनामूलक कार्यक्रमको सम्पन्न गरेको छ । जेसिजको आयोजनामा ट्राफि जनचेतनामुलक र होलीमिलन कार्यक्रम आयोजना गरेको हो । दिपज्योति बोर्डिङ स्कुल जोशीपुरका विद्यार्थीलाई अस्थाइ ट्राफिक प्रहरी कार्यालय जोशीपुर प्रमुख केशवसिंह धामी र किशोरकुमार भट्टले जेब्रा क्रसिङ बारेमा जानकारी सहजिकरण गरेका थिए ।
कार्यक्रममा जोशीपुर गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष किशोरकुमार कठरिया, वडा नं. ५ वडा अध्यक्ष देशराज चौधरी, बजार ब्यबस्थापन समिति अध्यक्ष विश्वनाथ चौधरी, निवर्तमान अध्यक्ष जेसी केशवराज जोशी, पुर्व अध्यक्ष हरिप्रसाद गौतम, विष्णुप्रसाद गौतम, श्यामदेव कुश्मी, संस्थापक अध्यक्ष सन्तोष पौडेल, इलाका प्रहरी कार्यालय जोशीपुरका इन्चार्ज नरेश कुमार ढकाल, नवजीवन सहकारी संस्था लि. का प्रबन्धक प्रकाश चौधरी, किसान बहुउद्देश्यीय सहकारी संस्था लि. का प्रबन्धक भोजराज भट्टराई लगायत को उपस्थिति रहेको थियो ।
कार्यक्रम जोशीपुर जेसि वर्ष २०२२ को अध्यक्ष सुधराम दहितको अध्यक्षतामा भएको हो । कार्यक्रममा जेसिज कोषाध्यक्ष खेमराज जोशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव भिम विनाडीले गरेका हुन् । कार्यक्रम संयोजकत्व कार्यकारिणी उपाध्यक्ष दिलबहादुर कठरिया गरेका हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.