पेट्रोलको मूल्य फेरि बढ्यो, पुग्यो १५५

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो।

निगमका अनुसार पेट्रोलको भाउ प्रतिलिटर ५ रुपैयाँले वृद्धि भएको छ भने डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले बढेको छ। नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर १५५ रुपैयाँ पर्नेछ भने डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ पर्नेछ।

आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि भएको निगमले जनाएको छ। खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.