अत्तरियाको जेके माविको वार्षिकोउत्सव तथा अभिभावक दिवस
अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ अत्तरियामा रहेको जेके माविको वार्षिकोउत्सव तथा अभिभावक दिवस बुधबार सम्पन्न भएको छ । २ वर्ष देखि कोरोना महामारीका कारण हुन नसकेको वार्षिकोउत्सव कार्यक्रम एक औपचारीक कार्यक्रमका बीच भव्यताका साथ ३० औं वार्षिकोउत्सब तथा अभिभावक दिवस मनाउदै सम्पन्न भएको हो ।
जेके माध्यमिक विद्यालयका एमडि तथा संस्थापक प्रेमबहादुर बोगटीको सभापतित्वमा आयोजित वार्षिकोउत्सव कार्यक्रमका प्रमुख अतिथि धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्ट रहेका थिए । यस्तै कार्यक्रममा विशिष्ट अतिथिमा प्याव्सनका केन्द्रिय उपाध्यक्ष जगविर थापा रहेका थिए । वार्षिकोउत्सब कार्यक्रममा अतिथिमा अत्तरिया क्षेत्रका विभिन्न विद्यालयका प्रिन्सीपल, जेके विद्यालयका संरक्षक जागृती बोगटी, हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अत्तरिया शाखा प्रमुख पदमसिंह बलायर र समाजसेवी, बुद्धिजिवी, अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।
विस २०४८ साल स्थापना भई सञ्चालनमा आएको विद्यालयमा नर्सरी कक्षा देखि १२ सम्म पठनपाठन भईरहेको छ । हाल यस विद्यालयमा ६०० जना विद्यार्थीहरुले अध्यायन गर्दै आईरहेका छन् । विद्यालयले ३० औं वार्षिकोउत्सवकोे अवसर पारि विद्यालयमा अध्ययनरत एवम् खेलकुदमा प्रथम, दोस्रो र तेस्रो विद्यार्थीहरु लगायत अनुसाशन, भाषा, कला, स्वच्छता जस्ता सात बुदामा समेत विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए । साथै वार्षिकोउत्सवमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रममा आफ्नो मनमोहक प्रस्तुति समेत झल्काएका थिए ।
विद्यालयका संस्थापक एम डि प्रेम बहादुर बोगटीको सभापतित्वमा आयोजित वार्षिक उत्सब कार्यक्रमका संचालक विद्यालयका भाईस प्रिन्सिपल जयनारायण जोशी र खेलकुद संयोजक नविन भट्टले गरेसगै स्वागत मन्तव्य विद्यार्थी तर्फबाट मानिषा जोशी र शिक्षक तर्फबाट नविन भट्ट गरेका थिए ।