गोदावरी नगरपालिका : सप्रोस नेपालले गरेका कार्यक्रमको संयुक्त टोली द्वारा अनुगमन
अत्तरिया, २ चैत : सप्रोस नेपालले गरेका कार्यक्रमको बुधबार संयुक्त टोली द्वारा अनुगमन गरिएको छ । कैलालीको गोदावरी नगरपालिका विभिन्न वडामा गरेका कार्यक्रमको अनुगमन गरेको हो । गोदावरी नगरपालिका उप–प्रमुख रत्ना कडायत र विभिन्न शाखा अधिकृत, विश्व खाद्य कार्यक्रम (डब्ल्लुएफपी), सप्रोस नेपाल पदाधिकारी र पत्रकारहरुको संयुक्त टिमले अनुगमन गरेको हो ।
गोदावरी नगरपालिका वडा नम्बर ८ का महिलाहरुलाई गरेको कार्यक्रम को अनुगमन गरेको हो । वडा नम्बर ८ फकलपुरका महिलाहरुलाई आर्थिक आयआर्जनमा सहयोग पुग्ने गरी तरकारी खेतीमा सहयोग गरेको हो । अनुगमनका क्रममा महिलाहरुले सप्रोसले गरेको कामले आफुहरुले तरकारी खेतीमा सहयोग पुगेको बताइन् । ‘जानी÷नजानी यस अघि तकारी खेती गरीरहेका थियौँ’, स्थानीय महिला गोमा चौधरीले भनिन् । ‘सप्रोस नेपालले गरेको सहयोगले अझ व्यवस्थित तरिकाले तरकारी खेती गर्न सिकाएको छ ।’ तरकारीको बेर्ना उत्पादन देखि लगाउने तरिका सिकेको उनले बताईन् ।
यस्तै अर्की महिला पुनम चौधरीले राज्यको ध्यान पुग्न नसकेको ठाउँमा सप्रोसले गरेको सहयोगले धेरै राहत भएको बताईन् । ‘स्थानीय सरकार छन् । त्यहाबाट सेवा लिनका लागि समुह चाहिने रहेछ । हामीले समुह बनाउन सकेका थिएनौँ । सप्रोस नेपालको सहयोगले धेरै नै सहयोग पुगेको छ ।’ उनले आफ्नो क्षेत्रमा सिँचाईको सुविधा नभएको हुँदा तरकारी खेती गर्न समस्या भएको बताईन् । अनुगमन कार्यक्रममा गोदावरी नगरपालिका उप मेयर रत्ना कडायतले सप्रोसले गरेको कामको प्रसंसा गरिन् । ‘नगरपालिकाको ध्यान पुग्न नसकेको ठाउँमा यहाँहरुले काम गरि दिनु भएको छ’, उनले भनिन् । ‘अव यहाँहरुले गर्दा महिलाहरुलाई राज्यले पनि विभिन्न सहुलियत दिने रहेछसम्म थाह पाएका छन् ।’ महिलाहरुलाई उत्पादनसंग जोड्न सहयोग गरेकोमा उनले खुशी व्यक्त गरिन् । ‘संस्थाले गरेको काम पनि नगरपालिकासंग जोडिएको हुन्छ’, उनले भनिन् । उनले आगामि दिनमा नगरले दिने सहुलियत कार्यक्रममा पनि जोडिनु स्थानीयहरुला अनुरोध गरिन् ।’
यस्तै, कार्यक्रममा विश्वखाद्य कार्यक्रमका सुदूरपश्चिम प्रदेश संयोजक रविन्द्र चन्दले आफ्नो संस्थाले महिलाहरुको आयआर्जनसंग जोडिएका काममा जोड दिने गरेको बताए । ‘कैलालीमा २ बर्ष देखि काम गरिरहेका छौँ’, उनले भने । ‘जनताका माग अनुसार सबै काम गर्न नसकेपनि सरकारलाई केहिन केहि सापोट पुगेको छ ।’ उनले स्थानीय सरकारसंग समन्वय र सहकार्य गरेर अगािड बढ्न आवश्यक रहेको बताए ।
अनुगमका क्रममा सप्रोस नेपाल कैलालीका संयोजक चन्द्र सिंहले विद्यालयमा दिवा खाजा देखि महिलाहरुको आयआर्जनसंग जोडिएका क्रियाकलापमा केन्द्रित हुने गरेको बताए । सुमहको माग अनुसार आफुहरु काम गर्ने गरेको सिहंले बताएका थिए ।
कार्यक्रममा नगरापलिका विभिन्न शाखा प्रमुखहरुले संस्थाले गरेको कामका साथै स्थानीय सरकारले दिने सुविधाहरुको पनि सेव लिन आग्रह गरेका थिए । नगरपालिकाको शिक्षा शाखाका बसन्त खत्रीले नगरपालिकाले पनि थुप्रै सेवा दिईहरेको बताउँदै त्यहाँ सम्म पनि पुग्न आग्रह गरेका थिए । यस्तै कृषि शाखा प्रमुख नन्दी मल्लले कृषिका क्षेत्रमा नगरपालिकाले थुप्रै कार्यक्रम दिईरहेको हुँदा त्यहाँतर्फ पनि जान अनुरोध गरिन् ।
गोदावरी नगरपालिका वडा नम्बर १ मा गुह्यश्वरी माध्यामिक विद्यालयमा निर्माण भईरहेको दिवा खाजा घरको पनि अनुगमन गरेको हो । सो विद्यालयमा निर्माणाधिन खाजा घरको सप्रोस नेपालको एक लाख २५ हजार र वडा कार्यालयको २ लाख बजेटमा एक कोठे दिवा खाजा निर्माण भईरहेको हो । यस्तै नगरको वडा नम्बर २ मा पर्ने सुदूरपश्चिम समावेशी आधारभूत विद्यालयमा पनि अनुगमन गरेको हो । समावेशी विद्यालयमा सप्रोस नेपालले दुहुनु गाई र कुखुरा सहयोग गरेको हो । गाईले गर्दा दुध र दहिमा राम्रो सहयोग पुगेको विद्यालयले जनाएको छ । विश्वखाद्य कार्यक्रमको आर्थिक सहयोगमा सप्रोस नेपालले फरक क्षमता भएका विद्यार्थीहरुको शारीरिक तथा बौद्धिक विकासका लागि विद्यालयमा गाई सहयोग गरेको हो ।
अनुगमनमा गोदावरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख बीरबहादुर कुवँर महिला तथा बालबालिका शाखाकी गोदावरी खत्री, पशुपञ्छी शाखाका रामबहादुर शार्की लगायतको सहभागिता रहेको थियो ।
सप्रोस नेपालले कैलालीका ३ वटा स्थानीय तहमा काम गरिरहेको हो । गोदावरी नगरपालिका, धनगढी उपमहानगरपालिका र गौरीगंगा नगरपालिकामा काम गरिरहेको हो । यी १ बर्षमा पालिकामा १०९ जना किसानलाई आवश्यक सामग्री वितरण गरेको छ । १०२ जना महिलाहरुलाई सिलाईकटाई, ब्युटिपार्लर,बेदबास, खेलौना बनाउने लगायत विभिन्न तालिम दिई व्यवसाय सञ्चालन गरेको हो । यस्तै, धनगढीमा २० वटा महिला किसान च्याउ टनेल निर्माण, गौरीगंगामा १५ वटा बाख्रा खोर निर्माण र गोदावरीमा ५ वटा बाख्रा खोर निर्माण गरेको छ । त्यस्तै, गरी ९३१ वटा किसानको पशु बिमा गरिदिएको छ । यी ३ वटा स्थानीय तहका १५८ विद्यालयमा दिवाखाजाका लागि भाडाकुडा वितरण गरेको संस्थाले जनाएको छ ।
यस्तै, गरी ६४ वटा विद्यालयमा स्थानीय सरकारको समन्वयमा भान्सा घर निर्माण र ३ वटा विद्यालयमा मर्मतसम्भार गरेको छ । ४० वटा विद्यालयमा करेसाबारी स्थापना गरी विद्यालयमा तरकारी उत्पादन गरेको छ । सप्रोसले ८३ वटा महिला समुह बनाएर काम गरेको जनाएको छ ।