Agni Offset Press

धनगढीमा यौनधन्दा संचालन गराउने ४ होटल व्यवसायी सहित ९ जना युवती पक्राउ

Aarati simant

अत्तरिया : धनगढीमा यौन धन्दा सञ्चालन गरी ४ वटा होटल व्यवसायी सहित ९ जना युवती पक्राउ परेका छन् । विशेष सुचनाका आधारमा प्रहरीले बिहिबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीको टोलिले धनगढी उपमहानगरपालिका वडा नम्बर १ एलएनचोकमा रहेको शाही होटलका सञ्चालक, ट्राफिक चोक चौराहमा रहेको सनराईज होटल, ट्राफिक चोक चौराहमा रहेको बुढिनन्दा बाजुरा होटल र वडा नं. १२ क्याम्पसचोक स्थित रहेको प्रिन्स होटलका सञ्चालकहरुलाई पक्राउ गरेको हो ।
होटलहरुमा छापा मार्दा यौन धन्दामा संलग्न ९ जना युवतिहरुलाई पनि पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीका अनुसार पक्राउ परेकाहरुमाथि अनुसन्धान भईरहेको छ । नगरको बदनाम नै भएको हुँदा पक्राउ परेका माथि सार्वजनिक मुद्धा चलाईने डिएसपी जोशीको भनाई छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.