अत्तरियामा एटीएम तोड्न खाज्ने विद्युतका दुइ कर्मचारी पक्राउ

अत्तरिया : कैलालीमा एटीएम तोड्न खोज्ने दुइ कर्मचारी पक्राउ परेका छन्। नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियामा कार्यरत कर्मचारीहरुलाइ प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय मालाखेतिका अनुसार कार्यालयका सिविल इन्जिनियर सिद्धसिंह साउद र प्राधिकरणमा कार्यरत सवारी चालक भानसिंह कठायतलाइ पक्राउ गरिएको हो। उनीहरुले शुक्रबार अत्तरियाकै सिद्धार्थ बैंकको एटीएममा तोडफोड गरेका थिए। मदिरा सेवन गरेका दुवैजनाले पैसा निकाल्न गएको र पैसा ननिस्किएपछि एटीएममा लात हानेको स्वीकारेका छन्। यस्तै प्रहरीले घटनाको थप अनुसन्धान भैरहेको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.