
सुदूरपश्चिममा म्यादी प्रहरी भर्नामा भिड : कैलालीमा एकै दिन १३९६ फारम भरे

अत्तरिया : आगामि बैशाख ३० गते हुने निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीको भर्ना आईतबार सुरु भएको छ । म्यादी प्रहरी भर्नाका लागि प्रहरी कार्यालयहरुमा थेग्नै नसक्ने चाप छ ।
तराईको चर्को गर्मीमा लाईन लागेर महिला÷पुरुषहरु लाईनमा लाग्ने गरेका छन् । कैलालीमा आईतबार मात्र १ हजार ३ सय ९६ जनाले फारम भरेका छन् ।
सुदूरपश्चिम प्रदेशमा झण्डै १० हजार म्यादी प्रहरी भर्ना गरिने छ । प्रदेशका नौ वटै जिल्लामा गरी कुल नौ हजार नौ सय ३७ म्यादी प्रहरी भर्ना गरिने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलका अनुसार सबै भन्दा बढी कैलाली र सबै भन्दा कम डडेल्धुरामा म्यादी प्रहरी भर्ना गर्न लागिएको बताए ।
कैलालीमा दुई हजार चार सय ५७, कञ्चनपुरमा एक हजार चार सय ६९, बैतडीमा आठ सय १५, दार्चुलामा सात सय ४२, डोटीमा आठ सय १० , डडेल्धुरामा ६ सय ५२, बझाङमा एक हजार ९३, अछाममा एक हजार दुई सय ३१ र बाजुरामा ६ सय ६२ म्यादी प्रहरी भर्ना गरिने भएको छ ।
गृह मन्त्रालयले स्थानीय तहको निर्वाचन लक्षित गर्दे आइतबार ९ चैत्र ६० गते देखी म्यादी प्रहरीका लागी आवेदन खुला गरेको छ । जसमा सुदूरपश्चिमका नौ वटै जिल्लामा योग्य व्यक्तिलाई म्यादी प्रहरीमा भर्ना गरिने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । म्यादी प्रहरी हुनका लागी साधारण लेखपढ गर्न जान्ने, कुनै राजनीतिक दलको सदस्य नबनेको, कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरिएको, शारीरिक तथा मानसिक रूपले तन्दुरुस्त रहेको व्यक्तिलाई छनौट गरिने प्रहरी वरिष्ठ उपरीक्षक रावलले बताए । म्यादी प्रहरीमा युवा÷युवतीहरुको आकर्षण देखिएको छ ।
नेपालभर प्रहरीले एक लाख म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ । यही चैत ६ देखि ११ गतेसम्म दर्खास्त दिन सकिने जनाएको छ ।
सम्पूर्ण जिल्ला प्रहरी कार्यालयमा पाइने दर्खास्त फारममा १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले दर्खास्त दिन सकिन्ने व्यवस्था मिलाएको छ ।
म्यादी प्रहरी भर्नाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मीहरुलाई प्राथमिकता दिइने बताइएको छ । म्यादी प्रहरीमा भर्ना हुनका लागि नेपाली नागरिक हुनुपर्नेछ, भने फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य हुनु नहुने, शारीरिक र मानसिकरुपले तन्दुरुस्त हुनुपर्ने लगायतका मापदण्डहरु राखिएका छन् ।
म्यादी प्रहरी सम्बन्धी अन्तिम नतिजा २२ चैतमा प्रकाशित हुने छ । उनीहरुको सेवा अवधि ४० दिन रहेनछ, भने म्यादी प्रहरीका लागि प्रहरी जवानको तलब सरह (आधारभूत तलब महिनाको २२,६८० रुपैयाँ) ले ३० हजार २४० रुपैयाँ दिइने बताइएको छ ।
त्यस्तै खाद्यान्नबापत् एकमुष्ठ ७ हजार २०० रुपैयाँ र पोशाक र अन्य सामग्री खरिदका लागि प्रतिव्यक्ति ६ हजार रुपैयाँका दरले थप रकम उपलब्ध गराईने छ ।
