Agni Offset Press

कैलालीका युवक मृत्यु प्रकरण : पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

Aarati simant

अत्तरिया : कैलालीमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारिएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका १० मा ट्रकको ठक्करबाट स्थानीय २८ वर्षीय टेकबहादुर रावलको मृत्यु भएपछि राजमार्ग अवरुद्ध पारिएको हो।

रावलका आफन्त तथा स्थानीयले ११ बजेदेखि चुहामा राजमार्ग अवरुद्ध पारेका हुन्। राजमार्ग अवरुद्ध पारिएपछि सवारीसाधन ठप्प बनेका छन् भने यात्रु अलपत्र परेका छन् । सोमबार बिहान सात बजे लु१ ख८९३० नम्बरको ट्रकले विपरीत दिशातिर गइरहेको सुप ०१००९प ३९२६ नम्बरको मोटरसाइकललाइ ठक्कर दिएको थियो।

ठक्करपछि मोटरसाइकलमा सवार २८ वर्षीय रावल घाइते भएका थिए। रावलको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको थियो। रावलको मृत्युपछि स्थानीय आन्दोलित बनेका हुन्।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.