अत्तरिया खानेपानीको १३ औँ वार्षिक साधारणसभा
अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा रहेको अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १३ औँ बार्षिक साधारण सभा सुरु भएको छ । गोदावरी २ तेघरीमा रहेको संस्थाको प्रांगणमा सभा सुरु भएको हो । साधारण सभाको खुल्ला सत्रको गोदावरी नगरपालिकाका प्रमुख हरिसिं साउँदले उद्घाटन गरे । सभाले १३ सदस्ययी नयाँ कार्य समिती समेत चयन गर्ने छ ।
२०५८ सालमा स्थापना भएको उक्त संस्थाका हाल ४ हजार २ सय ९७ उपभोक्ता रहेका छन् । बनदेबीमा हाल १३ करोड १९ लाख ८० हजार को लगानीमा खानेपानीको ट्याँकी निर्माणाधिन रहेका छन् । जसको क्षमता ४ लाख ५० हजार लिटर रहेको छ । संस्थाका ७ वटा बोर मध्य हाल ३ वटा मात्रै सन्चालनमा रहेका छन् । पानीको सतह सुक्दै गएकाले बाँकी ४ वटा बोरले काम गर्न सकेको छैन ।
बनदेबीमा निर्माणाधिन ट्याँकी मार्फत १३ सय ९३ घरधुरीलाई वितरण गरिने योजना रहेको संस्थाका अध्यक्ष टिकादत्त जोशीले बताए । उनका अनुसार निर्बाचन सम्बन्धी कार्य प्रारम्भ भने चैत्र १४ गते बाट शुरु हुने छ । चैत्र २६ गते नयाँ कार्य समितिको निर्वाचन हुने छ ।
बिगतमा कार्य समिती चयन गर्दा जहिले नि दलिय भागबण्डामा चुनाव हुने अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा यो पटक भने निर्बाचन नहुने सम्भाबना बढेको छ ।
कांग्रेस को नेतृत्वमा सबै दलमा आस्था राख्ने ब्यक्तीहरुलाई समेटर कार्य समिती बनाउने प्रयास भईरहेको छ । अध्यक्षमा टिकादत्त जोशी नै दोहरिने निश्चित जस्तै बनेको छ । अन्य पदमा दलिय भागबण्डाबाट टुँगो लगाउने गरी छपफल भईरहेको अध्यक्ष जोशीले बताए ।